2026-08-07 06:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बजेटलाई जनमुखी बनाउन एमालेका शीर्ष नेताद्वारा सुझाव

काठमाडौँ | आगामी आर्थिक वर्ष २०८२/८३ बजेटमा सम्बोधन गरिनुपर्ने विषयमा नेकपा (एमाले)को शीर्ष तहमा छलफल भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीका शीर्ष नेताहरुबीच बजेटका विषयमा छलफल भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । “पार्टी अध्यक्ष एवं प्रधानमन्त्री बाहेक सबै सचिवालयका सदस्यहरु बैठकमा सहभागी हुनुहुन्थ्यो । बैठकमा बजेटलाई जनमुखी बनाउने विषयमा छलफल भयो ”, उहाँले भन्नुभयो, “बजेटले उत्पादन र जनताका समस्या समाधान केन्द्रित हुनुपर्ने नेताहरुले सुझाव दिनुभएको थियो ।”

उहाँले यसअघि यही वैशाख २१ गते बसेको सचिवालय बैठकमा सबै सचिवालयका सदस्यहरुले समय अभावका कारण सुझाव दिन नसकेपछि आज बजेटबारे छलफल गर्नुभएको बताउनुभयो ।

कार्यालय सचिव डा अधिकारीका अनुसार कृषि, उद्योग, विकास निर्माणको साथै मुलुकलाई आत्मनिर्भरतामा बढाउने गरी बजेट केन्द्रित हुनुपर्ने सुझाव नेताहरुले दिनुभएको थियो । बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य र गुरु बराल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवद्वय लेखराज भट्ट, छविलाल विश्वकर्मा, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ र पद्मा अर्याल सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव