2026-07-03 03:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नीति तथा कार्यक्रममा समावेश विषय यथास्थितिको निरन्तरता हो’

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले सरकारको नीति तथा कार्यक्रममा नवीनता र परिवर्तनको अभाव भएको तर्क प्रस्तुत गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले संस्कृतिक, अर्थतन्त्र, पर्यावरण र खेलकुद क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासलाई यसले उचित स्थान दिन नसकेको टिप्पणी गर्नुभयो ।

रास्वपाको संसदीय दलका उपनेतासमेत रहनुभएका श्रेष्ठले नीति तथा कार्यक्रम यथास्थितिको निरन्तरता र सिद्धान्तविहिन बनेको धारणा राख्नुभयो । “नीति तथा कार्यक्रम पुरानै शैलीमा आएको छ । विद्यमान समस्या समाधान गर्ने विकल्प छैैनन्”, उहाँले भन्नुभयो, “यसले आर्थिकमन्दीलाई सम्बोधन गर्न सक्दैन । पूर्वाधार मात्र हैन सेवा पनि विकास हो भन्ने नीति तथा कार्यक्रमले देखाउन सक्नुपर्ने थियो । ”

सांसद श्रेष्ठले नीति तथा कार्यक्रममा युवापुस्ता र भविष्य लक्षित बन्न नसकेको भन्दै कार्यान्वयनमा आशङ्का व्यक्त गर्नुभयो । “आजको युवाको सोचलाई आवश्यकता र प्रविधिमा आधारित विश्वसँगको मार्गमा मिल्ने खालका केही विषय समावेश छैनन् । ‘जेनजी’ पुस्ताको कुरा ग¥यो तर ‘अल्फा’ र ‘बेटा’ जेनेरेसनसम्म पुगिसक्यो भन्ने छैन”, उहाँले भन्नुभयो ।

सरकारले गत शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक बीना लामाले समावेशी, पारदर्शी र दिगो विकासका लागि सुधार गर्दै कार्यान्वयनमा जोड दिन सुझाव दिनुभयो ।

नीति तथा कार्यक्रम समग्र आर्थिक सुधार, सामाजिक सुरक्षा, कृषि, स्वास्थ्य, भ्रष्टाचार र शान्ति प्रक्रियामा केन्द्रित हुनपर्नेमा उहाँले जोड दिनुभयो । सांसद लामाले कृषिमा एकीकृत योजना, बीउको परीक्षण, न्यूनतम खरिद मूल्य निर्धारण र राहत कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

छलफलका क्रममा दलीय आधारमा बोल्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले सरकारको नीति तथा कार्यक्रममा मधेसका जनता उपेक्षामा पारिएको गुनासो गर्नुभयो । उहाँले मधेस केन्द्रित राष्ट्रिय गौरवका आयोजनालाई आगामी बजेटले प्राथमिकता दिनुपर्र्ने सुझाव दिनुभयो ।

“यो नीति तथा कार्यक्रमले पूर्ण रूपमा मधेसका समस्या समावेश गरेको छैन । मधेसी जनताको आवश्यकता र समृद्धिलाई सम्बोधन गर्न सकिएको छैन”, सांसद श्रेष्ठले भन्नुभयो, “बारा जिल्लामा निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको विषय समावेश नगर्नु भनेको सरकारले यसलाई स्थगन गर्न खोजेको हो कि भन्ने भान हुन्छ ।”

जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले पूर्वाधार विकासका क्षेत्रमा बजेट विनियोजका लागि अभ्यास र छलफल गर्न एक छुट्टै बजेट निर्माण समिति बनाउन माग गर्नुभयो । उहाँले आगामी पाँच वर्षभित्र चालु खर्च नियन्त्रण, विकास बजेट वृद्धि, राजस्वको दायरा वृद्धि र संयुक्त नीति निर्माण गरी सरकारलाई सुझाव दिने गरी उक्त समिति बनाउन माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली