२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ड्यालसमा महावाणिज्य दूतावास सञ्चालन प्रक्रियाअघि बढ्यो

२०८२, ४ असार बुधबार १२:५९
काठमाडौं ।  नेपाल सरकारले अमेरिकाको टेक्सास राज्यको ड्यालस सहरमा स्थापना गर्न लागेको महावाणिज्य दूतावास कार्यालय सञ्चालनका लागि आवश्यक प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।
ड्यालसका लागि नेपाल सरकारद्वारा सहसचिव तथा महावाणिज्यदूतको जिम्मेवारीमा नियुक्त भएका सुरेश अधिकारीले कार्यालय स्थापनाका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो । नेपाली समाज टेक्सासद्वारा मङ्गलबार ड्यालसमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा महावाणिज्यदूत अधिकारीले दूतावास रहने स्थानको छनोट र अमेरिकी सरकारबाट स्वीकृति प्राप्त भएपछि सेवा प्रारम्भ गरिने जानकारी दिनुभयो ।
ड्यालसमा स्थापना हुन लागेको महावाणिज्य दूतावासले टेक्सासका अतिरिक्त ओक्लाहोमा, अर्कान्सास, लुजियाना, न्यू मेक्सिको, कन्सास, मिसिसिपी र कोलोराडो राज्यमा बसोबास गर्ने नेपाली समुदायलाई सेवा प्रदान गर्ने बताइएको छ ।
महावाणिज्य दूतावास कार्यालयका लागि परराष्ट्र मन्त्रालयले चार जना कर्मचारी पदस्थापन गरेको छ । तीमध्ये सहसचिव अधिकारी र उपसचिव धना जोशी हाल ड्यालसमा रही नेपाली समुदायका अगुवासँग छलफल तथा समन्वयमा संलग्न हुनुहुन्छ ।
कार्यक्रममा सहभागी नेपाली समुदायका अगुवाहरूले ड्यालसमा स्थापना हुन लागेको महावाणिज्य दूतावासलाई नेपाली समुदायकै आवश्यकता र सम्पत्ति भएको उल्लेख गर्दै पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
टेक्सासमा महावाणिज्य दूतावास स्थापनाका लागि नेपाली समाज टेक्साससहित नेपाली समुदायका विभिन्न संस्थाहरूले विगत लामो समयदेखि पहल गर्दै आएका थिए । कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले ड्यालसमा महावाणिज्य दूतावास स्थापना अभियानमा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस अवसरमा युलेश सिटीका उपप्रमुख टिका पौडेल, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा, नेपाली समाज टेक्ससका पूर्वअध्यक्ष प्रेम अधिकारी, गैरआवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, पानस अमेरिकाका अध्यक्ष रवि रावल, प्रवासी नेपाली मञ्च अमेरिकाका सचिव विजय भट्टराई, ग्रेटर अस्टिन नेपाली समाजका कोषाध्यक्ष धिरेन्द्र यादव, नेपाली जनसम्पर्क समिति ड्यालसका अध्यक्ष ज्ञानेन्द्र कार्की, जनप्रगतिशील मञ्च अमेरिकाका प्रतिनिधि ओम लामिछाने र नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) का अध्यक्ष सुरज भण्डारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा