२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानवअधिकार उल्लङ्घनका विषयमा छलफल

४ असार २०८२, बुधबार १५:०८
काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले आज मानवअधिकार विषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्लाका पत्रकारहरू, मानवअधिकारकर्मी तथा सरोकार भएका निकायबीच पत्रकारिता अभ्यासमा देखिएका मानवअधिकार उल्लङ्घनका मुद्दाहरूबारे विस्तृत छलफल गरिएको हो ।
सहभागी पत्रकारले समाचार सङ्कलनका क्रममा भोग्नुपरेका व्यावसायिक अवरोध, अभिव्यक्ति स्वतन्त्रताको हनन, शारीरिक तथा मानसिक दुव्र्यवहार, सूचनामा पहुँचको अभाव, सरकारी कार्यालयबाट असहयोगलगायत विषयमा छलफल गर्नुभएको थियो ।
पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष एवं कान्तिपुर दैनिकका पत्रकार अर्जुन सुवेदीले छाला उद्योग अनुगमनको क्रममा स्थानीय तहका कर्मचारीले सञ्चारकर्मीलाई साथमा लैजान पाइँदैन भन्दै आफूलाई रोकेको अनुभव सुनाउनुभयो । “अधिकारकर्मी र पत्रकारले सहकार्य गर्दै जनस्वास्थ्य र पर्यावरणसम्बन्धी विषयमा अनुगमन गर्न खोज्दा अवरोध भयो, जुन अभिव्यक्ति स्वतन्त्रतामाथिको स्पष्ट हस्तक्षेप हो”, उहाँले भन्न्ुभयो ।
नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, पत्रकार विनय ब्राहकोटी, तेजवनलगायत वक्ताले जिल्लामा पत्रकारमाथि हुने धम्की, अपमानजनक व्यवहार, सूचनाको गोप्यकरण र प्रशासनिक निकायको असहयोगलगायत विषयमा छलफल गर्नुभएको थियो । उहाँहरूले विशेष गरी ग्रामीण भेगका पत्रकार बढी जोखिममा रहेर काम गरिरहेका भन्दै सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो गर्नुभयो ।
इन्सेक कोशी प्रदेश प्रमुख मनोहर पोखरेलले मानवअधिकार उल्लङ्घनको सूचना सञ्चारकर्मीमार्फत समाजमा पुग्ने भएकाले पत्रकारको अधिकार सुरक्षित हुनु अतिआवश्यक रहेको औँल्याउनुभयो । उहाँले थप्नुभयो, “इन्सेकले जिल्लास्तरमा यस्ता कार्यक्रममार्फत पत्रकार र अधिकारकर्मीबीच सहकार्य र संयोजनको वातावरण बनाउन खोजिरहेको छ ।”
सहभागीहरूले पत्रकारमाथि हुने दुव्र्यवहार, सूचनाको पहुँचमा हुने अवरोध र राज्य संयन्त्रबाट हुने दबाबको अन्त्य गर्न आग्रह गरेका थिए । साथै, पत्रकार सुरक्षासम्बन्धी स्पष्ट कानुनी व्यवस्था र स्थानीय तहका कर्मचारीलाई अभिव्यक्ति स्वतन्त्रताबारे अभिमुखीकरण आवश्यक रहेको सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ