2026-10-18 08:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा

2026-06-23

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले सम्मान र माया गरे पनि उनीहरूलाई पार्टी सदस्यका रूपमा भने नचिन्ने स्पष्ट पारेका छन्। झापामा आयोजित कार्यक्रममा उनले पार्टीभित्रको इतर समूहका नेताहरूलाई संकेत गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्। पूर्वसभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहका केही नेताहरूले सदस्यता अद्यावधिक नगरेको सन्दर्भ उल्लेख गर्दै थापाले पार्टी अब प्रणालीमा आधारित ढंगले अघि बढ्ने बताए।

उनले भने, “म सबै नेताहरूलाई सम्मान गर्छु, सबैले अधिवेशनमा सहभागी हुनुपर्छ भन्ने पनि ठान्छु। तर कसैले सदस्यता अद्यावधिक गर्नुभएको छैन भने क्षमा गर्नुहोला, पार्टीले सम्मान गर्छ, माया गर्छ, तर सदस्यका रूपमा चिन्दैन। अब सिस्टमले नै चिन्दैन।”

थापाका अनुसार अब पार्टीको सदस्यता व्यवस्थापन पूर्ण रूपमा प्रणालीमा आधारित हुनेछ र अद्यावधिक नगरेका व्यक्तिहरू क्रियाशील सदस्यको सूचीमा समावेश हुने छैनन्। उनले वडास्तरको अधिवेशन सुरु हुँदा यसको प्रत्यक्ष प्रभाव देखिने उल्लेख गर्दै भने, “निर्वाचन प्रतिनिधिले सूची बोकेर आउँदा अद्यावधिक नभएका साथीहरूको नाम आउँदैन। सिस्टममै देखिँदैन।”

सभापति थापाले कांग्रेसमा नयाँ पुस्ताको नेतृत्व उदाउँदै गएको भन्दै त्यसप्रति आफू उत्साहित रहेको पनि बताए। उनले युवा पुस्तालाई पार्टीको भविष्यका रूपमा प्रस्तुत गर्दै पुरानो शैलीमा नेतृत्वमा अड्किएर बस्ने प्रवृत्तिले पार्टी अघि बढ्न नसक्ने टिप्पणी गरे। उनले भने, “कांग्रेस चलाउन सक्ने नयाँ पुस्ताका एक से एक साथीहरू आएका छन्। उनीहरूलाई देखेर खुसी लाग्छ। अब यिनैले कांग्रेस सम्हाल्छन् भन्ने विश्वास छ। कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु