2026-10-16 01:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधि सभाको बैठक जारी

2026-07-14

काठमाडौँ | संघीय संसद् प्रतिनिधि सभाको बैठक जारी रहेको छ। सिंहदरबारमा शुरू भएको आजको बैठकमा सरकारका तर्फबाट विभिन्न वार्षिक प्रतिवेदनहरू पेस गर्ने, नयाँ विधेयकहरू प्रस्तुत गर्ने तथा अन्तर्राष्ट्रिय सन्धि–महासन्धिहरूमाथि छलफल र अनुमोदन गर्ने कार्यसूची रहेको छ।

जारी बैठकमा प्रधानमन्त्री बालेन शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘न्याय परिषद्’ र ‘न्याय सेवा आयोग’ को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनका साथै ‘लोक सेवा आयोगको ६६ औँ वार्षिक प्रतिवेदन (२०८१ साउन – २०८२ असार)’ पेस गर्ने कार्यसूची रहेको छ। यसका साथै मन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०६३’ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउन प्रस्ताव गर्नेछिन्।

यसै गरी बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दै आजै उक्त विधेयक सदनसमक्ष पेस गर्ने कार्यक्रम तय भएको छ। आजको बैठकमा श्रम तथा वैदेशिक रोजगार क्षेत्रका लागि महत्त्वपूर्ण मानिएका अन्तर्राष्ट्रिय सन्धि–महासन्धिहरूमाथि पनि छलफल र अनुमोदनको प्रक्रिया अगाडि बढाइँदै छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ माथि सदनमा छलफल गरियोस् र त्यसलाई अनुमोदन गरियोस् भन्ने बेग्लाबेग्लै प्रस्तावहरू प्रस्तुत गर्नेछन्। मन्त्री यादवले बैठकमा ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि’ माथि छलफल गरियोस् भन्ने अर्को प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु