2026-10-02 11:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने

2026-07-29

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा राजनीतिक दलहरूबीच साझा धारणा निर्माण र सामाजिक सद्भाव कायम राख्न सर्वदलीय छलफल बसेको बताएका छन् । बुधवार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लामिछानेले बैठक सरकारका कामकारबाहीको समीक्षा गर्नेभन्दा पनि समसामयिक घटनाक्रमबारे राजनीतिक दलका शीर्ष नेताबीच धारणा आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको स्पष्ट पारे ।

उनले बैठकमा राजनीतिक दलका नेतृत्वले पछिल्लो अवस्थाबारे आफ्ना धारणा, अनुभव र सुझाव प्रस्तुत गरेको बताए । ‘सरकारको समीक्षा गर्नेभन्दा पनि राजनीतिक दलका शीर्ष नेताबीच विद्यमान घटनाका विषयमा धारणा र अनुभव आदानप्रदान गर्ने उद्देश्यले बैठक भएको हो,’ उनले भने । रास्वपाका तर्फबाट सरकारको प्रतिनिधित्वका रूपमा स्वर्णिम वाग्ले सहभागी भएको जानकारी दिँदै लामिछानेले राजनीतिक दलका रूपमा जिम्मेवार भूमिका निर्वाह गर्न छलफल गरिएको बताए ।

उनका अनुसार सरकार आफ्नो जिम्मेवारीअनुसार प्रशासनिक र सुरक्षा निकायमार्फत आवश्यक काम गरिरहेको छ । सरकारसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको समाधान सरकारले आफ्नै प्रक्रियाबाट गर्ने उनको भनाइ थियो । ‘सरकारले आफ्नो ढंगले काम गरिरहेको छ । गृह प्रशासन र सुरक्षा निकायहरू आ–आफ्नो क्षेत्रमा सक्रिय छन् । अहिले नै दलहरूबीच सरकारलाई कुनै विशेष निष्कर्ष वा धारणा प्रस्तुत गर्नुपर्ने अवस्था छैन,’ उनले भने ।

लामिछानेले नेपालमा संवेदनशील परिस्थितिमा राजनीतिक दलहरू एक ठाउँमा उभिएर साझा धारणा सार्वजनिक गर्ने परम्परा रहेको भन्दै त्यसलाई निरन्तरता दिनुपर्ने बताए । उनले कुनै पनि समुदायविरुद्ध घृणा, द्वेष वा आक्रमणको वातावरण सिर्जना भए त्यसबाट सम्पूर्ण देशलाई क्षति पुग्ने चेतावनी दिए ।

‘कुनै पनि साम्प्रदायिक गतिविधि, एउटा समुदायले अर्को समुदायप्रति घृणा फैलाउने वा आक्रमण गर्ने अवस्था आए त्यसले सबैलाई घाटा पु¥याउँछ । देश सबैको हो,’ उनले भने । रास्वपा सभापति लामिछानेले सबै समुदायबीच आपसी सम्मान, सहिष्णुता र एकता कायम राख्न राजनीतिक दल, सरकार र नागरिक समाज सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल