2026-10-21 10:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने

2026-07-29

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा राजनीतिक दलहरूबीच साझा धारणा निर्माण र सामाजिक सद्भाव कायम राख्न सर्वदलीय छलफल बसेको बताएका छन् । बुधवार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लामिछानेले बैठक सरकारका कामकारबाहीको समीक्षा गर्नेभन्दा पनि समसामयिक घटनाक्रमबारे राजनीतिक दलका शीर्ष नेताबीच धारणा आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको स्पष्ट पारे ।

उनले बैठकमा राजनीतिक दलका नेतृत्वले पछिल्लो अवस्थाबारे आफ्ना धारणा, अनुभव र सुझाव प्रस्तुत गरेको बताए । ‘सरकारको समीक्षा गर्नेभन्दा पनि राजनीतिक दलका शीर्ष नेताबीच विद्यमान घटनाका विषयमा धारणा र अनुभव आदानप्रदान गर्ने उद्देश्यले बैठक भएको हो,’ उनले भने । रास्वपाका तर्फबाट सरकारको प्रतिनिधित्वका रूपमा स्वर्णिम वाग्ले सहभागी भएको जानकारी दिँदै लामिछानेले राजनीतिक दलका रूपमा जिम्मेवार भूमिका निर्वाह गर्न छलफल गरिएको बताए ।

उनका अनुसार सरकार आफ्नो जिम्मेवारीअनुसार प्रशासनिक र सुरक्षा निकायमार्फत आवश्यक काम गरिरहेको छ । सरकारसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको समाधान सरकारले आफ्नै प्रक्रियाबाट गर्ने उनको भनाइ थियो । ‘सरकारले आफ्नो ढंगले काम गरिरहेको छ । गृह प्रशासन र सुरक्षा निकायहरू आ–आफ्नो क्षेत्रमा सक्रिय छन् । अहिले नै दलहरूबीच सरकारलाई कुनै विशेष निष्कर्ष वा धारणा प्रस्तुत गर्नुपर्ने अवस्था छैन,’ उनले भने ।

लामिछानेले नेपालमा संवेदनशील परिस्थितिमा राजनीतिक दलहरू एक ठाउँमा उभिएर साझा धारणा सार्वजनिक गर्ने परम्परा रहेको भन्दै त्यसलाई निरन्तरता दिनुपर्ने बताए । उनले कुनै पनि समुदायविरुद्ध घृणा, द्वेष वा आक्रमणको वातावरण सिर्जना भए त्यसबाट सम्पूर्ण देशलाई क्षति पुग्ने चेतावनी दिए ।

‘कुनै पनि साम्प्रदायिक गतिविधि, एउटा समुदायले अर्को समुदायप्रति घृणा फैलाउने वा आक्रमण गर्ने अवस्था आए त्यसले सबैलाई घाटा पु¥याउँछ । देश सबैको हो,’ उनले भने । रास्वपा सभापति लामिछानेले सबै समुदायबीच आपसी सम्मान, सहिष्णुता र एकता कायम राख्न राजनीतिक दल, सरकार र नागरिक समाज सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ