2026-10-20 09:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन

2026-08-01

काठमाडौँ | पाकिस्तानको गिलगिट–बाल्टिस्तानस्थित विश्वको १२ औँ अग्लो हिमाल ब्रड पिक क्षेत्रमा शनिबार पुनः उद्धार उडान सञ्चालन गरिने भएको छ । शुक्रबार प्रतिकूल मौसम, लगातारको भारी हिमपात तथा कमजोर दृश्यताका कारण उद्धार अभियान स्थगित गरिएको थियो । मौसममा आंशिक सुधार आउने अपेक्षासँगै शनिबार बिहानदेखि हेलिकप्टरमार्फत उद्धार उडान पुनः सुरु गर्ने तयारी गरिएको गिलगिट–बाल्टिस्तान प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार आजको अभियानमा थप उद्धारकर्मी, अनुभवी शेर्पा तथा उच्च हिमाली उद्धार टोलीलाई परिचालन गरिनेछ । हराइरहेका पर्वतारोहीहरूको खोजी तथा उद्धारलाई तीव्रता दिने उद्देश्यले अभियानलाई थप सुदृढ बनाइएको हो ।

अधिकारीहरूले मौसम अनुकूल रहेमा हेलिकप्टर उडानसँगै स्थल मार्गबाट पनि खोजी कार्य अघि बढाइने बताएका छन् । प्रतिकूल मौसमका कारण उद्धार अभियान चुनौतीपूर्ण बने पनि हराइरहेका व्यक्तिहरूको खोजीलाई निरन्तरता दिइने प्रशासनको भनाइ छ ।

ब्रड पिक क्षेत्रमा गएको हिम पहिरोपछि केही पर्वतारोही सम्पर्कविहीन भएका छन् । उद्धार टोलीले जोखिमपूर्ण हिमाली भूभागमा खोजी अभियान जारी राखेको छ भने मौसम नै अभियानको सफलताको मुख्य आधार बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ