2026-10-19 09:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने

2026-08-03

काठमाडौँ | राष्ट्रिय बालअधिकार परिषद्‌ले विद्यालयहरूमा विद्यार्थीहरूको कपाल जबर्जस्ती नकाट्न अनुरोध गरेको छ । परिषद्ले एक सूचना जारी गर्दै विद्यार्थीको कपाल नकाट्न अनुरोध गरेको हो । यस्तो गैरकानुनी कार्य गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको भन्दै परिषद्ले शिक्षा नियमावली अनुसार कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक तथा मनोवैज्ञानिक स्वास्थ्यमा नकारात्मक असर पार्ने गतिविधि गर्न नपाइने प्रस्ट पारेको छ।

परिषद्का अनुसार बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका साथै बालबालिका सम्बन्धी ऐन, २०७५ ले घर वा विद्यालयमा शारीरिक वा मानसिक दण्ड दिने र अमर्यादित व्यवहार गर्ने कार्यलाई बाल हिंसा तथा कसुर मानेको छ। परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले आज जारी गरेको विज्ञप्तिमा पोसाक, साजसज्जा वा शुल्क नतिरेको बहानामा विद्यार्थीलाई अपमानित गर्ने, भेदभाव गर्ने वा परीक्षाबाट वञ्चित गराउने जस्ता कार्य नगर्न आग्रह गरिएको छ । जबर्जस्ती कपाल काट्ने, विद्यार्थीको शारीरिक स्वरूप वा मेकअपका आधारमा हेप्ने तथा घाम वा प्रतिकूल अवस्थामा उभ्याएर दण्ड दिने जस्ता व्यवहार पूर्णतः निषेध गर्न परिषद्ले अपिल गरेको छ ।

बालबालिकाको आत्मसम्मान, मर्यादा र मानसिक स्वास्थ्यको रक्षा गर्दै बाल अधिकारको सम्मान, संरक्षण र संवर्द्धनका लागि आचारसंहिता बनाएर लागू गर्न सबै विद्यालय प्रशासन तथा व्यवस्थापन समितिलाई परिषद्ले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु