2026-10-19 10:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह

2026-08-04

काठमाडौँ | एलपी ग्यास उद्योग संघ नेपालले हाल बजारमा देखिएको ग्यासको अभाव र उपभोक्ताले भोग्नुपरेको सास्तीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले एक अपिल जारी गर्दै ग्यासको आपूर्ति क्रमिक रूपमा सहज हुँदै गएकाले नआत्तिन उपभोक्ताहरूलाई आग्रह गरेको छ । विगतमा तेस्रो मुलुकमा देखिएको अप्रत्याशित द्वन्द्वका कारण ग्यास आयात प्रभावित हुँदा उपभोक्ताको सहजताका लागि ७.१ केजीको आधा सिलिण्डर मात्र उपलब्ध गराइएको थियो । तर, अहिले अन्तर्राष्ट्रिय परिस्थिति सुधारिएसँगै आयात नियमित भएको र पुनः १४.२ केजीकै पूरा सिलिण्डर बजारमा पठाइएको संघले जानकारी दिएको छ ।

संघका अनुसार विगत ४ महिनाको अवधिमा नियमित खपतभन्दा करिब ४५ हजार मेट्रिक टन ग्यास कम आयात भएको थियो । यही अभावका कारण बजारमा ग्यास पाइँदैन कि भन्ने डरले उपभोक्ताहरूले आफूसँग भएका सबै खाली सिलिण्डरहरू एकै पटक भर्न खोज्दा बजारमा चाप बढेको र अभाव देखिएको संघको विश्लेषण छ । जोसँग कम्तीमा एक महिना पुग्ने ग्यास मौज्दात छ, उनीहरूलाई तत्काल ग्यासको लाइनमा नबसिदिन संघले अनुरोध गरेको छ ।

विक्रेताहरूलाई उपलब्ध ग्यास आवश्यकता भएकालाई प्राथमिकतामा राखेर पारदर्शी ढंगले वितरण गर्न र उद्योगीहरूलाई व्यवस्थित रूपमा बजारमा ग्यास पठाउन निर्देशन दिइएको छ । बजार पूर्ण रूपमा सहज नहुन्जेलसम्म नेपाल आयल निगमले नियमित कोटाभन्दा बढी ग्यास आयात गर्नुपर्ने संघको माग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु