2026-10-19 10:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई

2026-08-04

काठमाडौँ | श्रम संस्कृति पार्टीले देशको सुरक्षा, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद हर्कराज राईले देशमा नेपाली सेनाबाहेक अन्य कुनै पनि सेनाको अस्तित्व स्वीकार्य नहुने बताए ।

सांसद राईले पछिल्लो समय विभिन्न नाममा सेना गठन गर्ने र सरकारले उनीहरूसँग वार्ता गर्ने परिपाटीप्रति आपत्ति जनाए । सुनसरी र मधेसका घटनाका सन्दर्भमा चर्चामा आएको हिन्दु सम्राट् सेना प्रति लक्षित गर्दै उनले भने, ‘नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना। यो ठाउँ–ठाउँमा सेना गठन गर्ने छुट कसले दियो ? यस्ता समूहसँग सरकारले वार्ता गर्नु हुँदैन, बरु उनीहरूलाई निषेध गर्नुपर्छ।’

सांसद राईले २०८३ साल साउन ५ गते आफू जनकपुर जाँदा एक समूहले निषेध गर्ने कोसिस गरेको र आफ्ना सहयोगीहरूमाथि कुटपिट भएको घटना संसदमा सुनाए । ‘एउटा सांसदलाई आफ्नै देशमा निर्बाध रूपमा हिँडडुल गर्न पाउने अधिकार छैन ? यो कस्तो कानुनी राज्य हो कि जङ्गली राज्य ? मैले गृहमन्त्रीलाई व्यक्तिगत रूपमा फोन गरेर कारबाहीको माग गरेको छु, तर कारबाही भयो कि भएन ?,’ राईले भने । सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्ति अझै पनि संसदको रेकर्डबाट नहटाइएकोमा असन्तुष्टि व्यक्त गरे । ‘के प्रधानमन्त्रीलाई अझै पनि नेपालले भारतको भूमि मिचेको छ जस्तो लाग्छ ? यो अभिव्यक्ति तुरुन्तै सच्याइनुपर्छ,’ राईले भने ।

सांसद राईले सरकार कुनै पनि घटना घटेपछि मात्र तात्ने गरेको तर घटना हुनु अगावै सचेत नभएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु