2026-09-08 05:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल

2026-08-04

काठमाडौँ | परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन्। परराष्ट्र मन्त्रालयमा मंगलबार आर्थिक कूटनीति महाशाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक समृद्धिका लागि अन्तरराष्ट्रिय सहायता र व्यापार महत्त्वपूर्ण आधार रहेको औँल्याए। मन्त्री खनालले अन्तरराष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता र लाभलाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भने, ‘अन्तरराष्ट्रिय सहायता र व्यापारको महत्त्वपूर्ण पाटोलाई थप कसरी वृद्धि गर्न सकिन्छ भन्ने हो।’

वर्तमान भूराजनीतिक परिस्थितिबाट सिर्जित चुनौती तथा सीमिततालाई मध्यनजर गर्दै नेपालले आफ्ना प्राथमिकता स्पष्ट पारेर अघि बढ्नुपर्ने विषयलाई सरकारले ध्यान दिएको उनको भनाइ छ। नेपालले कम विकसित मुलुकको हैसियतमा विभिन्न मुलुकबाट शून्य भन्सार दरको सुविधा पाउँदै आए पनि त्यसबाट अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले विगतमा कहाँ–कहाँ अवसर गुमाइयो भन्ने विषयमा समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘हामी लामो समयदेखि चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका छौँ। अब त्यसबाट निस्केर हामीले कुन–कुन कुरामा अहिले काम गर्ने भन्ने बाटो पहिल्याउनुपर्ने हुन्छ।’

परराष्ट्रमन्त्री खनालले सबै क्षेत्रमा एकैपटक काम गर्न खोज्दा तथा सीमित स्रोतसाधन सबै क्षेत्रमा परिचालन गर्दा अपेक्षित परिणाम हासिल हुन नसक्ने बताए। त्यसैले विदेशस्थित नेपाली नियोगहरूले कुन विषयलाई प्राथमिकतामा राखेर काम गर्ने भन्ने विषयमा स्पष्टता आवश्यक रहेको उनको भनाइ थियो। परराष्ट्रमन्त्री खनालले अबको वैश्विक परिवेशमा राजनीतिक शक्ति आर्थिक शक्तिबाट जोडिने भएकाले त्यसलाई मध्यनजर गर्दै नीति तथा योजना निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित