2026-10-17 11:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री

2026-08-04

काठमाडौँ | रास्वपाका सांसद राजीव खत्रीले विपक्षी दलले सुकुम्वासी समस्याबारे सदनमा पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको महत्त्व नभएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाको प्रतिबद्धता अनुसार सरकारले काम गरिरहेकाले यो प्रस्तावले खासै महत्त्व नराख्ने बताए।

उनले अगाडि भने, ‘शायद यति चासो पहिले नै राख्दिनुभएको भए आज यो सरकारले पक्कै यो जिम्मेवारी उठाउनुपर्दैनथ्यो। सुकुम्वासी बस्ती खाली गराउँदाको दिन इतिहासकै अमानवीय घटना भएको दिनको रूपमा चित्रित गर्नुभयो। तर त्यो दिन सुकुम्वासी बनाइएकाहरूलाई ३५ वर्षको खिल निकालेको दिनको रूपमा उहाँले बुझ्नुभएन जस्तो लाग्छ।’

उनले विगतमा ३५ वर्षको दोष कसले लिने? भन्दै प्रश्न गरे। सरकारले लालपुर्जा बाँड्दा जस लिन खोज्नेहरूले काम गर्न नसकेकोमा माफी माग्ने कि नमाग्ने? भन्दै प्रश्न गरे। उनले थपे, ‘सरकारले अहिले गरिरहेको काम सुकुम्वासी व्यवस्थापन मात्रै होइन, सुकुम्वासीको नाम बेचेर खाने अनि तिनैलाई लुट्ने, ठग्ने र राजनीति गर्नेहरूबाट वास्तविक सुकुम्वासीहरूको उद्धार हो। वर्षौँदेखि लालपुर्जाको पर्खाइमा बसेका सक्कली सुकुम्वासीलाई सरकारले लालपुर्जा उपलब्ध गराउन सुरु गर्छ तब बिचौलिया, भू–माफिया, अतिक्रमणकारीहरू आफैँ भाग्छन् वा आत्मसमर्पण गर्छन्। सुकुम्वासीको नाममा राजनीति गर्नेहरूको रोइलो पनि तब बन्द हुन्छ।’

सुकुम्वासीका नाममा राजनीति गर्नेहरूले अहिले रोइलो गरेको बताए। अब कसैको राजनीतिक स्वार्थ पुरा गर्न हरेक वर्ष बाढीको जोखिम कसैले मोल्न नसक्ने बताए। सरकार सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउन प्रतिबद्ध रहेको बताए। उनले थपे, ‘सुकुम्वासी बनेर ललिता निवास कृत्य गरेको, कोही परिवारलाई सुकुम्वासी बनाएर जग्गा हडपेको, सक्कली सुकुम्वासी त्रिपालमा, नक्कली सुकुम्वासी संसदमा छिरेको पनि देख्यौँ। सुनका लट्ठा भिरी, ब्रासलेट, सुट–बुट लगाई प्राडोबाट झरी सुकुम्वासी आन्दोलनमा भाग लिई भू–माफियासँग लुसुक्क पाँचतारे होटेलमा छिरेर पार्टी गरेर निजी मलमा सुत्ने नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु