2026-09-08 04:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री

2026-08-04

काठमाडौँ | रास्वपाका सांसद राजीव खत्रीले विपक्षी दलले सुकुम्वासी समस्याबारे सदनमा पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको महत्त्व नभएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाको प्रतिबद्धता अनुसार सरकारले काम गरिरहेकाले यो प्रस्तावले खासै महत्त्व नराख्ने बताए।

उनले अगाडि भने, ‘शायद यति चासो पहिले नै राख्दिनुभएको भए आज यो सरकारले पक्कै यो जिम्मेवारी उठाउनुपर्दैनथ्यो। सुकुम्वासी बस्ती खाली गराउँदाको दिन इतिहासकै अमानवीय घटना भएको दिनको रूपमा चित्रित गर्नुभयो। तर त्यो दिन सुकुम्वासी बनाइएकाहरूलाई ३५ वर्षको खिल निकालेको दिनको रूपमा उहाँले बुझ्नुभएन जस्तो लाग्छ।’

उनले विगतमा ३५ वर्षको दोष कसले लिने? भन्दै प्रश्न गरे। सरकारले लालपुर्जा बाँड्दा जस लिन खोज्नेहरूले काम गर्न नसकेकोमा माफी माग्ने कि नमाग्ने? भन्दै प्रश्न गरे। उनले थपे, ‘सरकारले अहिले गरिरहेको काम सुकुम्वासी व्यवस्थापन मात्रै होइन, सुकुम्वासीको नाम बेचेर खाने अनि तिनैलाई लुट्ने, ठग्ने र राजनीति गर्नेहरूबाट वास्तविक सुकुम्वासीहरूको उद्धार हो। वर्षौँदेखि लालपुर्जाको पर्खाइमा बसेका सक्कली सुकुम्वासीलाई सरकारले लालपुर्जा उपलब्ध गराउन सुरु गर्छ तब बिचौलिया, भू–माफिया, अतिक्रमणकारीहरू आफैँ भाग्छन् वा आत्मसमर्पण गर्छन्। सुकुम्वासीको नाममा राजनीति गर्नेहरूको रोइलो पनि तब बन्द हुन्छ।’

सुकुम्वासीका नाममा राजनीति गर्नेहरूले अहिले रोइलो गरेको बताए। अब कसैको राजनीतिक स्वार्थ पुरा गर्न हरेक वर्ष बाढीको जोखिम कसैले मोल्न नसक्ने बताए। सरकार सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउन प्रतिबद्ध रहेको बताए। उनले थपे, ‘सुकुम्वासी बनेर ललिता निवास कृत्य गरेको, कोही परिवारलाई सुकुम्वासी बनाएर जग्गा हडपेको, सक्कली सुकुम्वासी त्रिपालमा, नक्कली सुकुम्वासी संसदमा छिरेको पनि देख्यौँ। सुनका लट्ठा भिरी, ब्रासलेट, सुट–बुट लगाई प्राडोबाट झरी सुकुम्वासी आन्दोलनमा भाग लिई भू–माफियासँग लुसुक्क पाँचतारे होटेलमा छिरेर पार्टी गरेर निजी मलमा सुत्ने नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित