2026-09-28 11:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह

2026-08-04

काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशबाट नेपाल फर्किने नेपाली नागरिकलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह गरेको छ।

कार्यालयले मंगलबार सार्वजनिक गरेको सूचनामा पछिल्ला दिनमा दुबई, कतारलगायत विभिन्न मुलुकबाट श्रम स्वीकृति कामदार भीसामा काम गरेर नेपाल फर्किने नेपालीलाई अपरिचित व्यक्ति, दलाल तथा सुन तस्करहरूले आर्थिक प्रलोभन देखाउँदै सुनका सिक्री, बहुमूल्य धातु तथा अन्य सामान नेपाल ल्याइदिन लगाउने गरेको पाइएको जनाएको छ।

यस्ता वस्तु बोकेर नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कानुनबमोजिम हुने जाँचमा अवैध सुन ओसारपसारको अभियोगमा पक्राउ परेर कानुनी कारबाही भोग्नुपर्ने अवस्था सिर्जना भइरहेको भन्दै कार्यालयले सबैलाई सचेत रहन आग्रह गरेको छ। कार्यालयले अपरिचित व्यक्ति वा दलालले दिएको सुन, बहुमूल्य धातु वा अन्य कुनै सामान आफ्नो नाममा बोकेर नेपाल नल्याउन अनुरोध गरेको छ। त्यस्तै, अरूको झोला वा प्याकेट त्यसको वास्तविक विवरण नबुझी आफ्नो जिम्मामा नलिन तथा खरिद बिल वा अन्य कागजात भएकै आधारमा कानुनी जिम्मेवारीबाट मुक्त भइन्छ भन्ने भ्रममा नपर्न पनि आग्रह गरिएको छ।

आफ्नो सानो लापरवाहीले ठूलो कानुनी समस्या निम्त्याउन सक्छ भन्दै कार्यालयले नागरिकलाई सचेत रहन, दलालको प्रलोभनमा नपर्न तथा अवैध सुन ओसारपसारबाट टाढा रहन अपिल गरेको छ। विमानस्थल क्षेत्रमा कुनै शंकास्पद गतिविधि वा प्रलोभन देखिएमा सम्बन्धित सुरक्षा निकायलाई तत्काल जानकारी गराउन पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै