2026-10-19 03:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह

2026-08-04

काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशबाट नेपाल फर्किने नेपाली नागरिकलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह गरेको छ।

कार्यालयले मंगलबार सार्वजनिक गरेको सूचनामा पछिल्ला दिनमा दुबई, कतारलगायत विभिन्न मुलुकबाट श्रम स्वीकृति कामदार भीसामा काम गरेर नेपाल फर्किने नेपालीलाई अपरिचित व्यक्ति, दलाल तथा सुन तस्करहरूले आर्थिक प्रलोभन देखाउँदै सुनका सिक्री, बहुमूल्य धातु तथा अन्य सामान नेपाल ल्याइदिन लगाउने गरेको पाइएको जनाएको छ।

यस्ता वस्तु बोकेर नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कानुनबमोजिम हुने जाँचमा अवैध सुन ओसारपसारको अभियोगमा पक्राउ परेर कानुनी कारबाही भोग्नुपर्ने अवस्था सिर्जना भइरहेको भन्दै कार्यालयले सबैलाई सचेत रहन आग्रह गरेको छ। कार्यालयले अपरिचित व्यक्ति वा दलालले दिएको सुन, बहुमूल्य धातु वा अन्य कुनै सामान आफ्नो नाममा बोकेर नेपाल नल्याउन अनुरोध गरेको छ। त्यस्तै, अरूको झोला वा प्याकेट त्यसको वास्तविक विवरण नबुझी आफ्नो जिम्मामा नलिन तथा खरिद बिल वा अन्य कागजात भएकै आधारमा कानुनी जिम्मेवारीबाट मुक्त भइन्छ भन्ने भ्रममा नपर्न पनि आग्रह गरिएको छ।

आफ्नो सानो लापरवाहीले ठूलो कानुनी समस्या निम्त्याउन सक्छ भन्दै कार्यालयले नागरिकलाई सचेत रहन, दलालको प्रलोभनमा नपर्न तथा अवैध सुन ओसारपसारबाट टाढा रहन अपिल गरेको छ। विमानस्थल क्षेत्रमा कुनै शंकास्पद गतिविधि वा प्रलोभन देखिएमा सम्बन्धित सुरक्षा निकायलाई तत्काल जानकारी गराउन पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु