2026-10-18 07:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन

2026-08-05

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकमा देखिएका धार्मिक विवाद र सामाजिक तनावको दीर्घकालीन समाधानका लागि नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताएका छन् । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले वर्तमान संविधान र त्यसअन्तर्गत अपनाइएका केही नीतिहरू नै पछिल्ला समस्याको कारण रहेको दाबी गरे ।

उनले २०६२–६३ को राजनीतिक परिवर्तनपछि अवलम्बन गरिएको मार्गको पुनरावलोकन आवश्यक रहेको उल्लेख गर्दै हिन्दु राष्ट्रको मागलाई पार्टीले संसद् र सडक दुवै तहबाट निरन्तर उठाइरहने बताए । सुनसरीमा धर्मसँग सम्बन्धित विषयलाई लिएर भएको पछिल्लो घटनाप्रति दुःख व्यक्त गर्दै लिङ्देनले सामाजिक सद्भाव कायम राख्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा प्रभावित पक्षलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे ।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषता भएको मुलुक रहेको उल्लेख गर्दै उनले धार्मिक सहिष्णुता नेपाली समाजको महत्वपूर्ण पहिचान भएको बताए । धर्मका नाममा हुने विवादले सामाजिक एकता र सद्भावमा असर पार्ने उनको भनाइ थियो । लिङ्देनले संसद् र समाजमा देखिएका विभिन्न विवादको मूल कारण वर्तमान राजनीतिक व्यवस्था र नीतिगत दिशासँग जोडिएको राप्रपाको निष्कर्ष रहेको बताए । उनले नेपालको ऐतिहासिक तथा सांस्कृतिक पहिचान कायम राख्न हिन्दु राष्ट्र पुन:स्थापना गर्नुपर्ने पार्टीको धारणा रहेको दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु