2026-09-28 11:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री

2026-08-05

काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा निश्चित शुल्क तिर्नुपर्ने बताएका छन्। बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा भएको छलफलमा बोल्दै उनले वैदेशिक रोजगारीमा जाने श्रमिकले कानुनअनुसार केही निश्चित शुल्क आफैँले तिर्नुपर्ने व्यवस्था रहेको बताएका हुन्।

श्रमिक बिमा, स्वास्थ्य परीक्षण, सामाजिक सुरक्षा कोष (एसएसएफ) र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कल्याणकारी कोषलगायतका शीर्षकमा लाग्ने रकम श्रमिक स्वयंले तिर्नुपर्ने उनले स्पष्ट पारेका छन्। समाजमा वैदेशिक रोजगार व्यवसायीले यी सबै रकम आफ्नै खल्तीमा राख्ने गरेको भन्ने गलत धारणा बनेको उल्लेख गर्दै उनले त्यसलाई अन्त्य गर्न लागत संरचना पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्। वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई सुरुदेखि नै कुन शीर्षकमा कति शुल्क लाग्छ भन्ने स्पष्ट जानकारी दिनुपर्ने उनको भनाइ छ। यसले उनीहरूलाई आवश्यक आर्थिक तयारी गर्न सहज हुने उनले बताएका छन्।

बैठकमा बोल्दै अध्यक्ष खत्रीले भने, ‘हामीले बुझ्नुपर्ने कुरा के छ भने वैदेशिक रोजगारीमा जान एउटा निश्चित शुल्क श्रमिकले तिरेर जानु पर्नेछ। श्रमिक इन्स्योरेन्स, स्वास्थ्य परीक्षण, एस.एस.एफ र प्रवर्द्धन बोर्डको कल्याणकारी कोषसँग सम्बन्धित विषयहरू श्रमिकले नै तिरेर जानुपर्ने रकमहरू हुन्।’ नेपाली समाजमा व्यवसायीले ती रकम लिएर आफ्नो खल्तीमा राखे भन्ने गलत भाष्य निर्माण भएको उल्लेख गर्दै उनले थपे, ‘वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई अब यति चाहिँ तपाईँहरूको लाग्ने शुल्क नै हो है भनेर स्पष्ट रूपमा भन्दिनुपर्छ। त्यसो भयो भने उहाँहरू त्यो रकमको पनि प्रिपरेसन गर्नुहुन्छ।’

उनले वैदेशिक रोजगारसम्बन्धी ऐन संशोधन गर्न पनि माग गरेका छन्। साथै सरकारले घरेलु कामदार रोक्ने निर्णय गरेर अवैध रूपमा कामदार पठाउने वातावरण सिर्जना गरिरहेको आरोप पनि उनले लगाएका छन्। भिजिट भिसाको नाममा घरेलु कामदार पठाउने गरिएको उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै