2026-10-17 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बीपीको जन्मघरका लागि छुट्याइएको २ करोड बजेट शेखर कोइरालाद्वारा अस्वीकार

2026-08-07

काठमाडौँ | नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बीपी कोइरालाको जन्मघर मर्मतका लागि भनी सरकारले दिएको २ करोड रुपैयाँ बजेट अस्वीकार गरेका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै कोइरालाले सरकारले दिएको उक्त रकम अस्वीकार गरेका हुन् । उनले २ करोड विनियोजन गरेकोमा नेपाल सरकारप्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त समेत गरेका छन् ।

उनले मर्मत तथा सम्हार भनी विनियोजन गरिएको उक्त रकम नैतिकरुपमा स्विकार गर्न असमर्थ रहेको बताएका छन् । उनले लेखेका छन् ‘सर्वप्रथम वर्तमान सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत नागरिक चेतनाको धरोहर तथा नेपालका पहिलो जन निर्वाचित प्रधानमन्त्री विपी कोइरालाको जन्म घर भनी विराटनगर महानगरपालिका–७, कोशी अस्पताल चोक, मोरङ (कोइराला निवास)को मर्मत तथा सम्हारको लागि आ.व. २०८३/८४ को बेजटमा २ करोड विनियोजन गरेकोमा नेपाल सरकारप्रति हार्दिक आभार प्रकट गर्दै म धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

‘राज्य सामु आम नागरिक जो वञ्चना, अभाव र अनेकन् कष्टमा छन त्यस्ता नागरिकको उत्थानको लागि उपलब्ध सिमित श्रोत र साधनको उपयोग होस भन्दै विनियोजन गरिएको उक्त रकम नैतिकरुपमा स्विकार गर्न असमर्थ छु ।’उनले लेखेका छन् ।

उनले थपेका छन् ‘विपी सम्पुर्ण नेपालीको गाँस, वास र कपासको लागि जीवन भर संघर्षरत रहनु भयो, राज्यले त्यस तर्फ समग्र रुपमा आफुलाई समर्पित गरोस यही नै विपी प्रति सच्चा श्रद्धाञ्जली हुनेछ, यही नै कोइराला निवास प्रति न्याय गरेको ठहरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु