2026-10-16 01:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीदेखि सांसदसम्म अराजक व्यवहार देखियो : गगन थापा

2026-08-07

काठमाडौँ | नेपाली कांग्रेसका सभापित गगन थापाले देशमा अहिले शासकीय अराजकताको अवस्था रहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीदेखि रास्वपाका सांसदसम्म अराजक व्यवहार देखाइरहेको उनको आरोप छ । आज पार्टीनिकट आदिवासी जनजाति महासंघको भेलामा बोल्दै थापाले यस्तो आरोप लगाएका हुन् ।

उनले भने, ‘सत्ताधारी पार्टीका सांसदले कर्मचारी हप्काएका छन्, मन्त्रीले उत्तेजना फैलाउने अभिव्यकित दिएका छन् । मैले यस्तो पहिले कहिल्यै देखेको थिइनँ । अहिले म शासकीय अराजकता देखिरहेको छु । सांसदले, मन्त्रीले खुट्टा भाँच्छु भनेको छ । प्रधानमन्त्रीले मन्त्री नराखी बैठक गरेको छ । अर्थमन्त्रीले गभर्नर नराखी बैठक गरेको छ । प्रधानमन्त्रीको सचिवालयले दिनदहाडै मान्छे उठाएको छ । अख्तियारको प्रमुखलाई थुनेर, उठबस गराएर निर्णय गर्न लगाएको छ । यो अराजकता हो । शासकीय अराजकता हो । यसलाई रोक्न कांग्रेसले भूमिका खेल्नुपर्छ ।’

वर्तमान सरकारले संविधानलाई जथाभावी चलाउन खोजेको भन्दै उनले आपत्ति व्यक्त गरे । संविधान संशोधनको विषय भाँडाकुटि खेलेजस्तो हल्का नभएको उनको भनाइ छ ।

थापाले भने, ‘सरकारले संविधान चलाउन चाहेको छ । चलाउनु पनि पर्छ । तर सरकारको संविधानप्रतिको बुझाइले देशलाई ठूलो द्वन्द्वमा धकेल्न सक्छ । हामीले द्वन्द्वमा जान दिनु हुँदैन । मैले रास्वपाका साथीहरुलाई भनेको छु, यो भाँडाकुटी खेलेको जस्तो होइन । केही ब्रोहरु जम्मा गरेर हल्ला गरेको जस्तो होइन । हल्का ढंगले डिल गरेर हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु