2026-09-29 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको माटोमाथि कसैले पनि धावा बोल्न सक्दैन: सांसद राना

2026-08-07

काठमाडौँ | नेकपा एमालेका सांसद कृपाराम रानाले नेपालको सार्वभौमसत्ता, राष्ट्रियता र जनभावनामाथि कुनै पनि प्रकारको आघात स्वीकार्य नहुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रानाले भूगोल, जनसंख्या वा अर्थतन्त्रका आधारमा कुनै राष्ट्र सानो वा ठूलो हुन सक्ने भए पनि सार्वभौमसत्ताका दृष्टिले सबै राष्ट्र समान हुने धारणा राखे ।

उनले भने, ‘यो देशको सार्वभौमसत्ताको पक्षमा, नेपाली जनताको पक्षमा हामी निरन्तर आवाज उठाउँदै आएका छौं । कुनै पनि राष्ट्र भूगोल, जनसंख्या र अर्थव्यवस्थाको हिसाबले सानो–ठूलो हुन सक्छ, तर सार्वभौमसत्ताको हिसाबले कुनै पनि देश एकअर्काभन्दा सानो वा ठूलो हुँदैन, सबै समान हुन्छन् ।’

सांसद रानाले नेपालको भूगोल, जनसंख्या र अर्थतन्त्र छिमेकी मुलुकभन्दा सानो देखिए पनि सार्वभौमसत्ताको दृष्टिले नेपाल गौरवशाली, ऐतिहासिक र ओजपूर्ण राष्ट्र भएको बताए ।‘नेपालको माटोमाथि कसैले पनि धावा बोल्न सक्दैन,’ उनले भने, ‘राष्ट्रियता भनेको केवल भूगोल र माटो मात्र होइन, सचेत र एकीकृत भावनासहितको जनताको भावना पनि हो,’ उनले भने ।

उनले राष्ट्रिय भावनामाथि कुठाराघात भइरहेको उल्लेख गर्दै राष्ट्रिय एकता, स्वाभिमान र सार्वभौमसत्ताको रक्षा गर्न सबै राजनीतिक दल तथा नागरिक एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै