2026-10-17 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको माटोमाथि कसैले पनि धावा बोल्न सक्दैन: सांसद राना

2026-08-07

काठमाडौँ | नेकपा एमालेका सांसद कृपाराम रानाले नेपालको सार्वभौमसत्ता, राष्ट्रियता र जनभावनामाथि कुनै पनि प्रकारको आघात स्वीकार्य नहुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रानाले भूगोल, जनसंख्या वा अर्थतन्त्रका आधारमा कुनै राष्ट्र सानो वा ठूलो हुन सक्ने भए पनि सार्वभौमसत्ताका दृष्टिले सबै राष्ट्र समान हुने धारणा राखे ।

उनले भने, ‘यो देशको सार्वभौमसत्ताको पक्षमा, नेपाली जनताको पक्षमा हामी निरन्तर आवाज उठाउँदै आएका छौं । कुनै पनि राष्ट्र भूगोल, जनसंख्या र अर्थव्यवस्थाको हिसाबले सानो–ठूलो हुन सक्छ, तर सार्वभौमसत्ताको हिसाबले कुनै पनि देश एकअर्काभन्दा सानो वा ठूलो हुँदैन, सबै समान हुन्छन् ।’

सांसद रानाले नेपालको भूगोल, जनसंख्या र अर्थतन्त्र छिमेकी मुलुकभन्दा सानो देखिए पनि सार्वभौमसत्ताको दृष्टिले नेपाल गौरवशाली, ऐतिहासिक र ओजपूर्ण राष्ट्र भएको बताए ।‘नेपालको माटोमाथि कसैले पनि धावा बोल्न सक्दैन,’ उनले भने, ‘राष्ट्रियता भनेको केवल भूगोल र माटो मात्र होइन, सचेत र एकीकृत भावनासहितको जनताको भावना पनि हो,’ उनले भने ।

उनले राष्ट्रिय भावनामाथि कुठाराघात भइरहेको उल्लेख गर्दै राष्ट्रिय एकता, स्वाभिमान र सार्वभौमसत्ताको रक्षा गर्न सबै राजनीतिक दल तथा नागरिक एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु