2026-09-08 04:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने

2026-08-07

काठमाडौँ | नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा हुने भेलामा देउवा सहभागी भएर सम्बोधन गर्ने जानकारी दिएका हुन्।

शुक्रबार काठमाडौँस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको एकता र भावी कार्यदिशा तय गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको बताए। उनले भने, ‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकतासहित भावी कार्यदिशा तय गर्न २०८३ साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा नेपाली कांग्रेसको राष्ट्रिय भेला आयोजना गरिएको हो। भेलालाई आदरणीय सभापति शेरबहादुर देउवाज्यूले पनि सम्बोधन गर्नुहुनेछ।’

कोइरालाले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको निर्णयको स्वागत गर्दै त्यसबाट न्याय प्राप्त हुने विश्वास व्यक्त गरे। उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाले दिनुभएको पुनरवलोकन निवेदनमा सर्वोच्च अदालतले अनुमति दिएको निर्णयको हामी स्वागत गर्छौं। सर्वोच्च अदालतबाट हुने पुनरवलोकनबाट न्याय प्राप्त हुनेछ भन्नेमा हामी विश्वस्त छौं।’

जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा हाल पत्नी आरजु राणासहित हङकङमा रहेका छन्। उनी साउन २६ गते साँझ नेपाल फर्किने कार्यक्रम रहेको जानकारी दिँदै कोइरालाले स्वदेश फर्किने क्रममा राज्यका तर्फबाट कुनै धरपकड नहुने विश्वास व्यक्त गरे। उनले भने, ‘उहाँ फर्किँदा त्यस्तो धरपकड हुँदैन जस्तो लाग्छ। तर यदि त्यस्तो भइहाल्यो भने हामी त्यसको विरोध गर्छौं।’ उनले भने, ‘पूर्णबहादुर खड्काजीको स्वास्थ्य अवस्था राम्रो नभएकाले उहाँ आज आउन सक्नुभएन। शेखर दाइ विराटनगरमा घर निर्माणको काममा व्यस्त हुनुहुन्छ, त्यसैले उपस्थित हुन सक्नुभएन। तर उहाँको पनि यो राष्ट्रिय भेलाप्रति पूर्ण समर्थन छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित