2026-10-17 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने

2026-08-07

काठमाडौँ | नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा हुने भेलामा देउवा सहभागी भएर सम्बोधन गर्ने जानकारी दिएका हुन्।

शुक्रबार काठमाडौँस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको एकता र भावी कार्यदिशा तय गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको बताए। उनले भने, ‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकतासहित भावी कार्यदिशा तय गर्न २०८३ साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा नेपाली कांग्रेसको राष्ट्रिय भेला आयोजना गरिएको हो। भेलालाई आदरणीय सभापति शेरबहादुर देउवाज्यूले पनि सम्बोधन गर्नुहुनेछ।’

कोइरालाले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको निर्णयको स्वागत गर्दै त्यसबाट न्याय प्राप्त हुने विश्वास व्यक्त गरे। उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाले दिनुभएको पुनरवलोकन निवेदनमा सर्वोच्च अदालतले अनुमति दिएको निर्णयको हामी स्वागत गर्छौं। सर्वोच्च अदालतबाट हुने पुनरवलोकनबाट न्याय प्राप्त हुनेछ भन्नेमा हामी विश्वस्त छौं।’

जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा हाल पत्नी आरजु राणासहित हङकङमा रहेका छन्। उनी साउन २६ गते साँझ नेपाल फर्किने कार्यक्रम रहेको जानकारी दिँदै कोइरालाले स्वदेश फर्किने क्रममा राज्यका तर्फबाट कुनै धरपकड नहुने विश्वास व्यक्त गरे। उनले भने, ‘उहाँ फर्किँदा त्यस्तो धरपकड हुँदैन जस्तो लाग्छ। तर यदि त्यस्तो भइहाल्यो भने हामी त्यसको विरोध गर्छौं।’ उनले भने, ‘पूर्णबहादुर खड्काजीको स्वास्थ्य अवस्था राम्रो नभएकाले उहाँ आज आउन सक्नुभएन। शेखर दाइ विराटनगरमा घर निर्माणको काममा व्यस्त हुनुहुन्छ, त्यसैले उपस्थित हुन सक्नुभएन। तर उहाँको पनि यो राष्ट्रिय भेलाप्रति पूर्ण समर्थन छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु