2026-10-16 04:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुक भू–राजनीतिको गम्भीर चक्र भ्युमा फसेको छ: राजेन्द्र लिङदेन

2026-08-08

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा आम नागरिक, निजी क्षेत्र र व्यवसायीहरू असुरक्षित तथा आतंकित अवस्थामा रहेको बताएका छन्। शनिवार राप्रपाको काठमाडौँ महानगरपालिका नगर अधिवेशनमा बोल्दै उनले दैनिक ज्याला मजदुरी गरेर परिवारको जीविका चलाउनेदेखि आफ्ना छोराछोरीको भविष्य सुरक्षित बनाउने सपना बोकेर मेहनत गरिरहेका नागरिक अहिले सबैभन्दा बढी असुरक्षित भएको दाबी गरेका हुन्।

उनले भने, ‘मानिस दैनिक ज्याला मजदुरी गरेर आफ्ना छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने र उनीहरूको भविष्यमा आफ्नो बुढ्यौली दिनहरू सुरक्षित देख्ने परिकल्पनाका साथ रगत पसिना बगाएका र भर्खरै नयाँ चुनावमा नयाँ पार्टीलाई भोट दिएका मानिसहरू आज सबैभन्दा धेरै असुरक्षित भएका छन्। सबैभन्दा बढी आतकिंत भएका छन्।’

उनले हालैको निर्वाचनमा नयाँ राजनीतिक दललाई मत दिएका आम नागरिकसमेत अहिले निराश र आतंकित रहेको बताए । उनले मुलुकमा महँगी बढेको, बजारमा कृत्रिम अभाव सिर्जना भएको र निजी क्षेत्र निराश रहेको दाबी गरे। उनले देश गम्भीर भू–राजनीतिक चक्रव्यूहमा फसेको भन्दै यसबारे खुलेर बोल्न सक्ने राजनीतिक शक्ति नदेखिएको बताए। ‘मुलुक भू–राजनीतिको गम्भीर चक्र भ्युमा फसेको छ। कसैले बोल्न सकिरहेका छैनन् । जनता वा देशका लागि हामी छौ भनेर भन्न सक्ने कुनै राजनीतिक शक्ति देखिरहेको छैन,’ उनले भने।

देशलाई संकटबाट मुक्त गर्न राप्रपा बलियो बन्न आवश्यक रहेको उनले बताए। उनले पार्टी नयाँ ढंग, नयाँ सोच र नयाँ दृष्टिकोणका साथ जनतामाझ जानुपर्नेमा जोड दिए। उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको विचार, बाटो अनिवार्य जस्तो प्रमाणित हुँदै गएको छ । यस्तो बेला मैदानबाट भाग्ने होइन। मैदान छाडेर लुक्ने होइन। सबै एकताबद्ध भएर अगाडि बढ्ने समय हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु