2026-09-29 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुक भू–राजनीतिको गम्भीर चक्र भ्युमा फसेको छ: राजेन्द्र लिङदेन

2026-08-08

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा आम नागरिक, निजी क्षेत्र र व्यवसायीहरू असुरक्षित तथा आतंकित अवस्थामा रहेको बताएका छन्। शनिवार राप्रपाको काठमाडौँ महानगरपालिका नगर अधिवेशनमा बोल्दै उनले दैनिक ज्याला मजदुरी गरेर परिवारको जीविका चलाउनेदेखि आफ्ना छोराछोरीको भविष्य सुरक्षित बनाउने सपना बोकेर मेहनत गरिरहेका नागरिक अहिले सबैभन्दा बढी असुरक्षित भएको दाबी गरेका हुन्।

उनले भने, ‘मानिस दैनिक ज्याला मजदुरी गरेर आफ्ना छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने र उनीहरूको भविष्यमा आफ्नो बुढ्यौली दिनहरू सुरक्षित देख्ने परिकल्पनाका साथ रगत पसिना बगाएका र भर्खरै नयाँ चुनावमा नयाँ पार्टीलाई भोट दिएका मानिसहरू आज सबैभन्दा धेरै असुरक्षित भएका छन्। सबैभन्दा बढी आतकिंत भएका छन्।’

उनले हालैको निर्वाचनमा नयाँ राजनीतिक दललाई मत दिएका आम नागरिकसमेत अहिले निराश र आतंकित रहेको बताए । उनले मुलुकमा महँगी बढेको, बजारमा कृत्रिम अभाव सिर्जना भएको र निजी क्षेत्र निराश रहेको दाबी गरे। उनले देश गम्भीर भू–राजनीतिक चक्रव्यूहमा फसेको भन्दै यसबारे खुलेर बोल्न सक्ने राजनीतिक शक्ति नदेखिएको बताए। ‘मुलुक भू–राजनीतिको गम्भीर चक्र भ्युमा फसेको छ। कसैले बोल्न सकिरहेका छैनन् । जनता वा देशका लागि हामी छौ भनेर भन्न सक्ने कुनै राजनीतिक शक्ति देखिरहेको छैन,’ उनले भने।

देशलाई संकटबाट मुक्त गर्न राप्रपा बलियो बन्न आवश्यक रहेको उनले बताए। उनले पार्टी नयाँ ढंग, नयाँ सोच र नयाँ दृष्टिकोणका साथ जनतामाझ जानुपर्नेमा जोड दिए। उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको विचार, बाटो अनिवार्य जस्तो प्रमाणित हुँदै गएको छ । यस्तो बेला मैदानबाट भाग्ने होइन। मैदान छाडेर लुक्ने होइन। सबै एकताबद्ध भएर अगाडि बढ्ने समय हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै