2026-10-18 07:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहिलेकाहीँ एक्लै लड्नुपर्छ, ‘यो पहिलोचोटि होइन’: वालेन्द्र शाह

2026-08-08

काठमाडौँ | आफ्नो कार्यशैलीलाई लिएर सदन र सडकबाट आलोचना बढ्न थालेपछि प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालबाटै जवाफ फर्काउनुभएको छ ।

हिजो मध्यराति सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुने जिकिर गर्नुभएको हो । सही समय आउनका लागि केही समय लाग्ने उल्लेख गर्नुभएका प्रधानमन्त्री शाहले ढिलाइ भएपनि गलत नहुने आश्वासन पनि दिनुभएको छ ।

कसैलाई स्पष्ट इङ्गित नगरेपनि प्रधानमन्त्री शाहले नआत्तिन आग्रह समेत गर्नुभएको छ । प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति विपक्षी सांसद र आफ्नै दलका सांसदतर्फ केन्द्रित भएको बुझिएको छ । शाह नेतृत्वको सरकारको काम गर्ने ढंग ठीक नभएको भन्दै शुक्रबारको प्रतिनिधिसभा बैठकमा रास्वपा का सांसदहरूले नै आलोचना गरेका थिए ।

रास्वपाका सांसद मनिष झाले वर्तमान सरकारको नियत गलत नभएपनि ढंग नपुगेको टीप्पणी गर्नुभएको थियो । झा बाहेकका रास्वपाकै अन्य सांसदहरुले पनि सरकारको कार्यशैलीप्रति संसद बैठकमा सांकेतिक विरोध गर्न थालेका छन् । विपक्षी सहित आफ्नै दलका सांसदहरु नै विपक्षमा उत्रन थालेपछि प्रधानमन्त्री शाहले लेख्नुभएको छ कहिलेकाहीँ एक्लै लड्नुपर्छ , ‘यो पहिलोचोटि होइन’ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु