2026-09-08 04:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँका विभिन्न क्षेत्रमा आज र भोलि विद्युत् आपूर्ति बन्द हुने

2026-08-08

काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौँका विभिन्न स्थानहरूमा आज शनिबार र भोलि आइतबार विद्युत् आपूर्ति बन्द गर्ने भएको छ। प्राधिकरणका अनुसार भूमिगत केबल जडान तथा फिडर मर्मत कार्यका लागि यी क्षेत्रहरूमा पालोपालो बत्ती काट्न लागिएको हो।

शनिबार भीमसेनस्थान फिडरअन्तर्गत पर्ने टेकु, १२ नम्बर वडा कार्यालय, सरस्वती स्कुल, ह्युमत, जैसीदेवल, काष्ठमण्डप, २१ नम्बर वडा कार्यालय, १२ वर्षे इनार र पलाञ्चोक भगवती आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। त्यसैगरी, आजै डिल्लीबजार फिडरअन्तर्गतका कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ।

यसैगरी भोलि आइतबार लाजिम्पाट फिडरअन्तर्गतका लैनचौर, खुर्सानीटार, पुरानो प्रचण्ड निवास, र्‍याडिसन होटल, लाजिम्पाट मूल सडक र त्यस आसपासका क्षेत्रमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बत्ती जानेछ। मर्मत तथा केबल जडानको काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् सेवा तोकिएको समयभन्दा अघि नै सुचारु गरिने समेत प्राधिकरणले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित