2026-10-18 07:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ : मनिष झा

2026-08-08

काठमाडौँ | प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्ने भावुक सन्देश सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले त्यसप्रति प्रतिक्रिया जनाएका छन् । झाले फेसबुकमार्फत सरकारभित्र कोही पनि एक्लो नरहेको उल्लेख गर्दै परिवर्तनका लागि प्राप्त जनादेशलाई सफल बनाउन सबै एकजुट रहेको सन्देश दिएका छन् ।

उनले परिवर्तनका लागि बनेको वर्तमान सरकारमा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै सरकारलाई आवश्यक ठाउँमा साथ दिने र सुधार आवश्यक देखिएका विषयमा सचेत गराइरहने बताएका छन् । सांसद झाले प्रतिनिधिसभामा आफूले राखेको धारणा दोहोर्‍याउँदै सरकारको नियत र उद्देश्यप्रति आफूलाई शंका नभए पनि कार्यसम्पादनका केही पक्षमा सुधार अपरिहार्य रहेको उल्लेख गरेका छन् । ऐतिहासिक अवसर खेर जान नदिन निरन्तर खबरदारी र रचनात्मक सुझाव आवश्यक रहेको उनको भनाइ छ । झाले जननिर्वाचित सरकारले सधैं जनताको पक्षमा उभिनुपर्ने बताउँदै आफू सरकारको साथमै रहेको स्पष्ट पारेका छन् । उनले वर्तमान सरकारमा कसैलाई पनि एक्लो ठान्न नहुने सन्देशसमेत दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ । हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शंका छैन, तर सुधार गर्नै पर्ने केही पक्ष छन्। यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ। जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सकारको साथमा छु। यहाँ कोही एक्लो छैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु