2026-09-29 12:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ : मनिष झा

2026-08-08

काठमाडौँ | प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्ने भावुक सन्देश सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले त्यसप्रति प्रतिक्रिया जनाएका छन् । झाले फेसबुकमार्फत सरकारभित्र कोही पनि एक्लो नरहेको उल्लेख गर्दै परिवर्तनका लागि प्राप्त जनादेशलाई सफल बनाउन सबै एकजुट रहेको सन्देश दिएका छन् ।

उनले परिवर्तनका लागि बनेको वर्तमान सरकारमा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै सरकारलाई आवश्यक ठाउँमा साथ दिने र सुधार आवश्यक देखिएका विषयमा सचेत गराइरहने बताएका छन् । सांसद झाले प्रतिनिधिसभामा आफूले राखेको धारणा दोहोर्‍याउँदै सरकारको नियत र उद्देश्यप्रति आफूलाई शंका नभए पनि कार्यसम्पादनका केही पक्षमा सुधार अपरिहार्य रहेको उल्लेख गरेका छन् । ऐतिहासिक अवसर खेर जान नदिन निरन्तर खबरदारी र रचनात्मक सुझाव आवश्यक रहेको उनको भनाइ छ । झाले जननिर्वाचित सरकारले सधैं जनताको पक्षमा उभिनुपर्ने बताउँदै आफू सरकारको साथमै रहेको स्पष्ट पारेका छन् । उनले वर्तमान सरकारमा कसैलाई पनि एक्लो ठान्न नहुने सन्देशसमेत दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ । हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शंका छैन, तर सुधार गर्नै पर्ने केही पक्ष छन्। यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ। जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सकारको साथमा छु। यहाँ कोही एक्लो छैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै