2026-10-18 07:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा प्रतिसिलिन्डर ७ हजारमा ग्यास बेच्ने व्यापारी पक्राउ

2026-08-08

काठमाडौँ | भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित बारुदखाना चोकमा खाना पकाउने ग्यासको कालोबजारी गरेको अभियोगमा एक ब्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ब्यापारी तुलसीराम त्वयना रहेका प्रहरीले जनाएको छ ।

त्वयना किराना पसलको सञ्चालक रहेका उनले खाना पकाउने एलपी ग्याँस उपभोक्तालाई प्रतिसिलिण्डर ७ हजार रुपैयाँको दरले बिक्री बितरण गरेको अभियोग छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग दुवाकोटबाट प्रहरी नायब निरीक्षक खिलबहादुर दुलालको नेतृत्वमा खटिएको प्रहरी टोलीले शनिबार बिहान ब्यापारी त्ययनालाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी बृत्त थिमिमा ल्याइएको बृत्तका प्रहरी निरीक्षक राजन थापाले बताएका छन् ।

उपभोक्ताले अनलाइनबाट भुक्तानी गरी ग्यास खरिद गर्ना साथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियोे । प्रहरीले ३ थान भरिएको ग्यास सिलिन्डर समेत बरामद गरेको बताएको छ । पछिल्लो समय भक्तपुरमा पनि खाना पकाउने ग्यासको अभाव देखिएको छ र कतिपय ब्यापारीहरुले यही मौकामा कृत्रिम अभाव देखाइ कालोबजारी गर्ने गरेका उपभोक्ताहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु