2026-09-29 12:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा प्रतिसिलिन्डर ७ हजारमा ग्यास बेच्ने व्यापारी पक्राउ

2026-08-08

काठमाडौँ | भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित बारुदखाना चोकमा खाना पकाउने ग्यासको कालोबजारी गरेको अभियोगमा एक ब्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ब्यापारी तुलसीराम त्वयना रहेका प्रहरीले जनाएको छ ।

त्वयना किराना पसलको सञ्चालक रहेका उनले खाना पकाउने एलपी ग्याँस उपभोक्तालाई प्रतिसिलिण्डर ७ हजार रुपैयाँको दरले बिक्री बितरण गरेको अभियोग छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग दुवाकोटबाट प्रहरी नायब निरीक्षक खिलबहादुर दुलालको नेतृत्वमा खटिएको प्रहरी टोलीले शनिबार बिहान ब्यापारी त्ययनालाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी बृत्त थिमिमा ल्याइएको बृत्तका प्रहरी निरीक्षक राजन थापाले बताएका छन् ।

उपभोक्ताले अनलाइनबाट भुक्तानी गरी ग्यास खरिद गर्ना साथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियोे । प्रहरीले ३ थान भरिएको ग्यास सिलिन्डर समेत बरामद गरेको बताएको छ । पछिल्लो समय भक्तपुरमा पनि खाना पकाउने ग्यासको अभाव देखिएको छ र कतिपय ब्यापारीहरुले यही मौकामा कृत्रिम अभाव देखाइ कालोबजारी गर्ने गरेका उपभोक्ताहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै