2026-09-08 03:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्यास समस्या तत्काल समाधान गर्न मानव अधिकार आयोगको निर्देशन

2026-08-08

काठमाडौँ | राष्ट्रिय मानव अधिकार आयोगले बजारमा देखिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव र वितरणमा देखिएको बेथितिप्रति गम्भीर चासो देखाउँदै यसलाई तत्काल सुधार्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले ग्यास वितरण प्रक्रियामा पूर्ण पारदर्शिता र जवाफदेहिता कायम गर्दै उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई विशेष निर्देशन दिएको हो ।

बजारमा हुने नियमित तथा आकस्मिक अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै आयोगले अत्यावश्यकीय वस्तुको आपूर्तिमा अवरोध सिर्जना गर्ने जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिअनुसार, बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक रूपमा ग्यास भण्डारण गर्ने र उपभोक्ताको अधिकार हनन गर्ने प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गर्न सरकारलाई भनिएको छ ।

केही दिनदेखि काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा देखिएको ग्यास अभावका विषयमा आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र उपभोक्ता संरक्षण विभागसँग विस्तृत छलफल र सोधपुछ समेत गरेको छ । आयोगले ग्यास बिक्री केन्द्र तथा डिपोहरूको स्थलगत अनुगमन गर्दा बजारमा गम्भीर समस्याहरू फेला पारेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित