2026-10-18 07:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्यास समस्या तत्काल समाधान गर्न मानव अधिकार आयोगको निर्देशन

2026-08-08

काठमाडौँ | राष्ट्रिय मानव अधिकार आयोगले बजारमा देखिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव र वितरणमा देखिएको बेथितिप्रति गम्भीर चासो देखाउँदै यसलाई तत्काल सुधार्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले ग्यास वितरण प्रक्रियामा पूर्ण पारदर्शिता र जवाफदेहिता कायम गर्दै उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई विशेष निर्देशन दिएको हो ।

बजारमा हुने नियमित तथा आकस्मिक अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै आयोगले अत्यावश्यकीय वस्तुको आपूर्तिमा अवरोध सिर्जना गर्ने जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिअनुसार, बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक रूपमा ग्यास भण्डारण गर्ने र उपभोक्ताको अधिकार हनन गर्ने प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गर्न सरकारलाई भनिएको छ ।

केही दिनदेखि काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा देखिएको ग्यास अभावका विषयमा आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र उपभोक्ता संरक्षण विभागसँग विस्तृत छलफल र सोधपुछ समेत गरेको छ । आयोगले ग्यास बिक्री केन्द्र तथा डिपोहरूको स्थलगत अनुगमन गर्दा बजारमा गम्भीर समस्याहरू फेला पारेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु