2026-08-10 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

2026-08-10

काठमाडौँ | क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक जनाबाट ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका ४२ वर्षीय अच्युत दुलाललाई पक्राउ गरेको छ । मण्डनदेउपुर नगरपालिका–६ घर भएका दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार दुलालले क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पीडितबाट ३७ लाख रुपैयाँ लिएका थिए । रकम लिएपछि वैदेशिक रोजगारीमा नपठाएको भन्दै परेको उजुरीका आधारमा विभागले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका दुलाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँग राजदूतहरूको भेटवार्ता सुरु क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ सुनको मुल्य घट्यो, चाँदीको मुल्य बढ्यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर श्रममन्त्री यादवद्वारा वैदेशिक रोजगार ऐनको तेस्रो संशोधन विधेयक सुझावका लागि सार्वजनिक, एजेन्टलाई १२ वर्षसम्म कैद प्रस्ताव ग्यास समस्या तत्काल समाधान गर्न मानव अधिकार आयोगको निर्देशन कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ: महामन्त्री पौडेल चुनाव हारे पनि चुनौती सामना गर्ने सामर्थ्य एमालेसँगै छ : शंकर पोखरेल विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जना पक्राउ शेरबहादुर देउवा साउन २८ मा नेपाल फर्कंदै भक्तपुरमा प्रतिसिलिन्डर ७ हजारमा ग्यास बेच्ने व्यापारी पक्राउ केन्द्रीय समिति बैठकपछि कांग्रेस महाधिवेशन प्रक्रिया अघि बढ्छ : सभापति थापा सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ : मनिष झा काठमाडौँका विभिन्न क्षेत्रमा आज र भोलि विद्युत् आपूर्ति बन्द हुने कहिलेकाहीँ एक्लै लड्नुपर्छ, ‘यो पहिलोचोटि होइन’: वालेन्द्र शाह कांग्रेस पदाधिकारी बैठक बस्दै मुलुक भू–राजनीतिको गम्भीर चक्र भ्युमा फसेको छ: राजेन्द्र लिङदेन बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध प्रतिनिधि सभाको बैठकमा चार विधेयक पेस