2026-10-19 04:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश फेसबुकको भ्युजले चल्दैन: सांसद घतानी

2026-08-10

काठमाडौँ | नेकपा एमालेकी सांसद नीता घतानीले प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा गरेको सम्बोधन फेसबुकमार्फत् प्रसारण गरिएको विषयमा प्रश्न उठाएकी छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै घतानीले देश फेसबुकको भ्युजबाट नभई राज्यका आधिकारिक अंगबाट चल्ने बताइन्।

‘देश फेसबुकको भ्युजले चल्दैन। राष्ट्रकै नाममा गरिने सम्बोधन फेसबुकतिर होइन, आधिकारिक सञ्चारमाध्यमबाट आउनुपर्छ,’ उनले भनिन्। प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दा फेसबुक पेजमार्फत् लाइभ गरिएको भन्दै उनले प्रश्न गरिन्, ‘राष्ट्रलाई सम्बोधन गरेको हो कि आफ्नो फेसबुक पेजको मोनिटाइजेसनलाई बलियो बनाएको हो?’

मोनिटाइजेसन भएको फेसबुक पेजबाट आम्दानी हुने भएकाले सम्बोधन त्यहाँबाट प्रत्यक्ष प्रसारण गरिएको हुन सक्ने भन्दै उनले प्रधानमन्त्रीको शैलीप्रति आलोचना गरिन्। घतानीले प्रधानमन्त्री शाहले गत जेठ १७ गते नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएको विषयमा पनि प्रश्न उठाइन्। उनले उक्त भनाइ कुन तथ्य र कूटनीतिक प्रमाणका आधारमा आएको हो भन्ने स्पष्ट पार्न प्रधानमन्त्रीसँग माग गरिन्।

‘हाम्रो सीमा र भूगोल कुनै मजाकको विषय होइन। प्रधानमन्त्रीले कुन तथ्य र कुन कूटनीतिक प्रमाणका आधारमा नेपालले भारतको सीमा मिच्यो भन्नुभयो ?’ उनले प्रश्न गरिन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले समेत प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको विरोध गर्नुपर्ने घतानीले बताइन्। देशको सार्वभौमिकता सबैभन्दा माथि रहेको भन्दै उनले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने, त्यसका लागि क्षमा माग्नुपर्ने र उक्त भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु