2026-10-19 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री र मन्त्रीलाई टि-सर्ट लगाएर संसद्‌मा आउन रोक लगाउन माग

2026-08-10

काठमाडौँ | नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरूलाई टि-सर्ट लगाएर संसद् बैठकमा सहभागी नहुन रुलिङको माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले संसदीय पोसाकसम्बन्धी अनुशासन कायम गर्न आग्रह गरे।

उनले सन् २०२१ को फेब्रवरी ९ मा न्युजिल्यान्डको संसद्‌मा घटेको घटना र सन् २०२३ मा क्यानडाको संसद्‌मा पोसाकसंहिता लागू गर्न संसदीय रुलिङ भएको विषय पनि स्मरण गरे। ‘सन् २०२१ को फेब्रवरी ९ मा न्युजिल्यान्डको संसद्‌मा रबिरि बैद्धिति नामका सांसदले औपनिवेशिक पासो भन्दै टाइ लगाउन अस्वीकार गरेकाले उनलाई संसदीय रुलिङमार्फत सभाबाट निष्कासन गरिएको थियो। सन् २०२३ मा क्यानडाको संसद्‌मा पोसाकसंहिता लागू गर्न संसदीय रुलिङ भएको थियो,’ उनले भने। सो क्रममा उनले प्रधानमन्त्री र मन्त्रीलाई टि-सर्ट लगाएर संसद्‌भित्र नआउन भनेका हुन्।

‘संसदको गरिमा कायम गर्न सांस्कृतिक पोसाक वा राष्ट्रिय पोसाक अनिवार्य गरियोस्, प्रधानमन्त्री र मन्त्रीलाई टि-सर्ट लगाएर संसद्‌भित्र प्रवेश गर्न रोक लगाइयोस्। संसद्को लोगो कोट, हाफकोट र ओभरकोटबाहेक टि-सर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सल आदीमा लगाउन रोक लगाइयोस्,’उनले भने,‘संसदीय पोशाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गर्दछु।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु