2026-09-08 03:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामीले हटाउनुपर्ने आँखामा लगाउने कालो चस्मा होइन, मनमा बसेको कालो सोच हो : सांसद यादव

2026-08-10

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिवशंकर यादवले कालो चस्माभन्दा समाजमा विद्यमान ‘कालो सोच र दृष्टिकोण’ हटाउनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै यादवले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले पनि कालो चस्मा लगाउने गरेको स्मरण गर्दै उहाँको सोच भने साँघुरो नभएको टिप्पणी गरे।

‘एउटा समय थियो, बीपी कोइरालाले पनि कालो चस्मा लगाउनुहुन्थ्यो तर उहाँको सोच कालो थिएन। दृष्टिकोण साँघुरो थिएन,’ यादवले भने, ‘हामीले हटाउनुपर्ने आँखामा लगाउने कालो चस्मा होइन, मनमा बसेको कालो सोच हो।’

उनले यस्तो सोच हटाउन सके मात्रै देश समृद्धिको दिशामा अघि बढ्न सक्ने बताए। पछिल्लो समय संसदमा ‘कालो चस्मा’लाई लिएर भइरहेको बहसप्रति असन्तुष्टि जनाउँदै यादवले वास्तविक बहस विभेदकारी दृष्टिकोण र उपेक्षामाथि हुनुपर्ने धारणा राखे। उनका अनुसार मधेशी समुदायलाई हेर्ने विभेदपूर्ण दृष्टिकोण, कर्णाली र सुदूरपश्चिमप्रतिको उपेक्षा तथा दलित, मधेशी, आदिवासी र सीमान्तकृत नागरिकमाथि हुने दोस्रो दर्जाको व्यवहारबारे संसदमा गम्भीर बहस आवश्यक छ।

‘सदनमा आलोचना हुनुपर्ने विषय अर्कै थियो तर बहस अर्कैतिर मोडिएको छ,’ उनले भने, ‘आज बहस कालो चस्मामाथि सीमित भइरहेको छ। बहस दशकौँदेखि मधेशीलाई हेर्ने कालो नजर र कर्णाली तथा सुदूरपश्चिमलाई हेर्ने उपेक्षाको दृष्टिमाथि हुनुपर्थ्यो।’

यादवले बाहिरी आवरणभन्दा नागरिक र राज्यको सोच तथा दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित