2026-10-19 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामीले हटाउनुपर्ने आँखामा लगाउने कालो चस्मा होइन, मनमा बसेको कालो सोच हो : सांसद यादव

2026-08-10

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिवशंकर यादवले कालो चस्माभन्दा समाजमा विद्यमान ‘कालो सोच र दृष्टिकोण’ हटाउनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै यादवले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले पनि कालो चस्मा लगाउने गरेको स्मरण गर्दै उहाँको सोच भने साँघुरो नभएको टिप्पणी गरे।

‘एउटा समय थियो, बीपी कोइरालाले पनि कालो चस्मा लगाउनुहुन्थ्यो तर उहाँको सोच कालो थिएन। दृष्टिकोण साँघुरो थिएन,’ यादवले भने, ‘हामीले हटाउनुपर्ने आँखामा लगाउने कालो चस्मा होइन, मनमा बसेको कालो सोच हो।’

उनले यस्तो सोच हटाउन सके मात्रै देश समृद्धिको दिशामा अघि बढ्न सक्ने बताए। पछिल्लो समय संसदमा ‘कालो चस्मा’लाई लिएर भइरहेको बहसप्रति असन्तुष्टि जनाउँदै यादवले वास्तविक बहस विभेदकारी दृष्टिकोण र उपेक्षामाथि हुनुपर्ने धारणा राखे। उनका अनुसार मधेशी समुदायलाई हेर्ने विभेदपूर्ण दृष्टिकोण, कर्णाली र सुदूरपश्चिमप्रतिको उपेक्षा तथा दलित, मधेशी, आदिवासी र सीमान्तकृत नागरिकमाथि हुने दोस्रो दर्जाको व्यवहारबारे संसदमा गम्भीर बहस आवश्यक छ।

‘सदनमा आलोचना हुनुपर्ने विषय अर्कै थियो तर बहस अर्कैतिर मोडिएको छ,’ उनले भने, ‘आज बहस कालो चस्मामाथि सीमित भइरहेको छ। बहस दशकौँदेखि मधेशीलाई हेर्ने कालो नजर र कर्णाली तथा सुदूरपश्चिमलाई हेर्ने उपेक्षाको दृष्टिमाथि हुनुपर्थ्यो।’

यादवले बाहिरी आवरणभन्दा नागरिक र राज्यको सोच तथा दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु