2026-09-08 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभिन्न माग राख्दै वैदेशिक रोजगार व्यवसायी विभागअगाडि धर्नामा

2026-08-10

काठमाडौँ | विभिन्न माग अघि सार्दै वैदेशिक रोजगार व्यवसायीहरूले सोमबार वैदेशिक रोजगार विभागको कार्यालयअगाडि धर्ना दिएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नेतृत्वमा ताहाचालस्थित विभागको मूल गेटमा भेला भएका व्यवसायीहरूले नाराबाजीसहित प्रदर्शन गर्दै विभागको ध्यानाकर्षण गराएका हुन्।

व्यवसायीहरूले ‘वैज्ञानिक सेवा शुल्क’ तत्काल लागू गर्नुपर्ने, अन्तर्राष्ट्रिय उडानको हवाई भाडामा भएको अस्वाभाविक वृद्धि नियन्त्रण गर्नुपर्ने तथा वैदेशिक रोजगार व्यवसायीमाथि राज्यको दमन बन्द गर्नुपर्ने माग राखेका छन्। धर्नामा सहभागीहरूले ‘वैज्ञानिक सेवा शुल्क लागू गर’, ‘हवाई भाडा नियमन गर’, ‘वैदेशिक रोजगार बाध्यता होइन, आवश्यकता हो’, ‘वैदेशिक रोजगार व्यवसायीको सम्मान गर’ र ‘अर्थतन्त्रमा योगदान दिने व्यवसायीको सम्मान गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। आन्दोलनरत व्यवसायीहरूका अनुसार सरकारले लागू गरेको ‘फ्री भिसा, फ्री टिकट’ नीति व्यवहारमा प्रभावकारी नभएको र यसले व्यवसायीहरूलाई आर्थिक रूपमा मारमा पारेको छ।

उनीहरूले लामो समयदेखि वैज्ञानिक आधारमा सेवा शुल्क निर्धारण गर्न माग गर्दै आएका छन्। त्यस्तै अन्तर्राष्ट्रिय उडानको टिकट दरमा भएको निरन्तर वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिक र व्यवसायी दुवैलाई थप समस्या सिर्जना गरेको भन्दै सरकारले तत्काल हवाई भाडा नियमन गर्नुपर्ने उनीहरूको माग छ। धर्नाका क्रममा व्यवसायीहरूले रेमिट्यान्समार्फत मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउँदै आएको क्षेत्रलाई राज्यले सकारात्मक दृष्टिकोणले नहेरेको र उल्टै दमन गर्ने प्रवृत्ति देखिएको गुनासो गरे। उनीहरूले आफ्ना मागहरू शीघ्र सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्। यता विभागका अधिकारीहरूले व्यवसायीहरूले उठाएका विषयमा छलफल भइरहेको र निकास निकाल्ने प्रयास जारी रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित