2026-10-17 11:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभिन्न माग राख्दै वैदेशिक रोजगार व्यवसायी विभागअगाडि धर्नामा

2026-08-10

काठमाडौँ | विभिन्न माग अघि सार्दै वैदेशिक रोजगार व्यवसायीहरूले सोमबार वैदेशिक रोजगार विभागको कार्यालयअगाडि धर्ना दिएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नेतृत्वमा ताहाचालस्थित विभागको मूल गेटमा भेला भएका व्यवसायीहरूले नाराबाजीसहित प्रदर्शन गर्दै विभागको ध्यानाकर्षण गराएका हुन्।

व्यवसायीहरूले ‘वैज्ञानिक सेवा शुल्क’ तत्काल लागू गर्नुपर्ने, अन्तर्राष्ट्रिय उडानको हवाई भाडामा भएको अस्वाभाविक वृद्धि नियन्त्रण गर्नुपर्ने तथा वैदेशिक रोजगार व्यवसायीमाथि राज्यको दमन बन्द गर्नुपर्ने माग राखेका छन्। धर्नामा सहभागीहरूले ‘वैज्ञानिक सेवा शुल्क लागू गर’, ‘हवाई भाडा नियमन गर’, ‘वैदेशिक रोजगार बाध्यता होइन, आवश्यकता हो’, ‘वैदेशिक रोजगार व्यवसायीको सम्मान गर’ र ‘अर्थतन्त्रमा योगदान दिने व्यवसायीको सम्मान गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। आन्दोलनरत व्यवसायीहरूका अनुसार सरकारले लागू गरेको ‘फ्री भिसा, फ्री टिकट’ नीति व्यवहारमा प्रभावकारी नभएको र यसले व्यवसायीहरूलाई आर्थिक रूपमा मारमा पारेको छ।

उनीहरूले लामो समयदेखि वैज्ञानिक आधारमा सेवा शुल्क निर्धारण गर्न माग गर्दै आएका छन्। त्यस्तै अन्तर्राष्ट्रिय उडानको टिकट दरमा भएको निरन्तर वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिक र व्यवसायी दुवैलाई थप समस्या सिर्जना गरेको भन्दै सरकारले तत्काल हवाई भाडा नियमन गर्नुपर्ने उनीहरूको माग छ। धर्नाका क्रममा व्यवसायीहरूले रेमिट्यान्समार्फत मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउँदै आएको क्षेत्रलाई राज्यले सकारात्मक दृष्टिकोणले नहेरेको र उल्टै दमन गर्ने प्रवृत्ति देखिएको गुनासो गरे। उनीहरूले आफ्ना मागहरू शीघ्र सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्। यता विभागका अधिकारीहरूले व्यवसायीहरूले उठाएका विषयमा छलफल भइरहेको र निकास निकाल्ने प्रयास जारी रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु