2026-09-08 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली सेनाको मर्यादा घटाइँदैछ, यस्तो सस्तो ढंगले परिचालन किन? : सांसद गोपाल शर्मा

2026-08-11

काठमाडौँ | नेकपाका सांसद गोपाल शर्माले सरकारले सेनाको मर्यादालाई घटाइरहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली सेनालाई परिचालन गर्ने संवैधानिक व्यवस्था रहेको बताए।

उनले भने, ‘नेपाली सेनालाई यति सस्तो रूपले, यति सहज रूपले के संवैधानिक व्यवस्थाको आधारमा परिचालन गरिन्छ? सेनाको मर्यादालाई घटाइराखिएको छ, प्रधानमन्त्रीलाई सोध्न चाहेको छु, नेपाली सेना कहिले सुकुम्वासी बस्तीमा दौडिराखेको छ। कहिले सुनसरीका सडकहमा बन्दुक बोकेर गस्ती गरिराखेको छ। यस्तो नेपाली सेनाको मर्यादालाई, नेपाली सेनाको निश्चित जिम्मेवारीलाई यति सस्तो किन बनाइएको छ?’

उनले गुप्तवास बसेसम्म प्रधानमन्त्री एक्लै हुने बताए। उनले थपे, ‘तपाईँ जब संसद्मा आउनुहुन्छ, सांसदहरू तपाईँको साथमा हुन्छ। सिङ्गै संसद् तपाईँको पक्षमा हुन्छ। गुप्तवासमा नबस्नुस्। यो मेरो चासोको विषय होइन, सम्बन्धित दलको चासोको विषय हो। जुन दलले तपाईँलाई प्रधानमन्त्री दियो, त्यो दलसँग तपाईँ टाढा हुने, जुन संसद्ले तपाईँलाई प्रधानमन्त्री बनायो, त्यो संसदबाट टाढा हुने र राति एक्लै सुतेको बेला तपाईँले एक्लै स्टाटस लेख्दा तपाईँ एक्लै नभएर को हुन्छ?’

उनले प्रधानमन्त्रीको गलत अभिव्यक्ति सच्याउन रुलिङ गर्न माग गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित