2026-10-16 08:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राज्यको दया होइन, व्यवस्थापन खोजेका हौँ : खुश्बु ओली

2026-08-11

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीलाई स्पष्टीकरण सोध्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठककको शून्य समयमा बोल्दै सांसद ओलीले मन्त्रीले राज्यप्रणालीको क्षयीकरण गरेको टिप्पणी गरिन् ।

उनले मन्त्री गौरी कुमारीले आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन छोडेर मन्त्री स्वयं केही व्यक्तिलाई ग्यास बाँड्न हिँडेको भन्दै आपत्ति जनाइन् ।‘के मन्त्रीको काम व्यक्ति-व्यक्तिलाई ग्यास बाँड्दै हिँड्ने हो ? कति जनालाई उहाँले फोन गर्न सक्नुहुन्छ- १० जना, २० जना, ३० जना ? हजार, लाखौंलाई त उहाँले फोन गर्न सक्नुहुन्न’, सांसद ओलीले भनिन्, ‘उहाँको जिम्मेवारी भनेको त यो प्रणालीलाई काम गराउने हो । उहाँले व्यक्तिगत तवरबाट दया दिएजस्तो दुई/चार जनालाई ग्यास बाँडेर हिँडिराख्नुभएको छ । राज्यको दया होइन, हामीले व्यवस्थापन खोजेका हौं ।’

मन्त्रीको काम आपूर्ति प्रणालीलाई सहजीकरण गर्ने, अनुगमन गराउने रहे पनि उनी व्यक्तिगत रूपमा कुन कुन मान्छेले आफ्नो विरोधमा लेखिरहेका छन् उनीहरूको घरमा ग्यास पुर्‍याइराखेको सांसद ओलीको भनाइ छ ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले यस्तो मन्त्रीलाई स्पष्टीकरण सोध्नुपर्छ । र जनताको समस्या सम्बोधन हुनुपर्छ’, सांसद ओलीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु