2026-09-08 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनता चामल कुरेर बस्छन्, सांसदहरू समीकरण कुरेर बसिरहेका हुन्छन् : केपी खनाल

2026-08-11

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले प्रदेश सरकारमा देखिएको राजनीतिक अस्थिरताले सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिमका जनता प्रभावित भएको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले प्रदेश गठन भएको नौ वर्ष पूरा नहुँदै सात प्रदेशमा १४ जना मात्र मुख्यमन्त्री हुनुपर्ने अवस्थामा ४० पटकभन्दा बढी मुख्यमन्त्री परिवर्तन भइसकेको र ३३ जना व्यक्ति मुख्यमन्त्री पदमा पुगिसकेको बताए ।

उनले प्रदेश सरकार गठन र विघटनको खेल सबैभन्दा बढी राज्यको उपस्थिति र स्थिरता आवश्यक रहेका कर्णाली र सुदूरपश्चिम प्रदेशमा भएको बताए । ‘प्रदेश गठन भई सञ्चालनमा आएको ९ वर्ष पूरा नहुँदै ७ प्रदेशमा बढीमा १४ जना मुख्यमन्त्री हुनुपर्ने अवस्थामा ४० पटकभन्दा बढी मुख्यमन्त्री परिवर्तन र ३३ जना उक्त पदमा पुगिसक्नुभएको छ । यो अस्थिरताको सबैभन्दा निर्भम अभ्यास कहाँ भयो भने, जहाँ स्थिरता सबैभन्दा बढी खाँचो थियो—कर्णाली र सुदूरपश्चिममा,’ उनले भने ।

देशकै सबैभन्दा विपन्न र दुर्गम क्षेत्रका नागरिक आधारभूत आवश्यकता पूरा हुने अपेक्षामा रहे पनि प्रदेश नेतृत्व भने सत्ता समीकरण र कुर्सीको खेलमा केन्द्रित भएको उनको आरोप थियो । खनालले कर्णाली र सुदूरपश्चिमका नागरिकले अझै पनि आधारभूत सेवा, खाद्यान्न, स्वास्थ्य र शिक्षाका लागि संघर्ष गर्नुपरेको बताए । राज्यको उपस्थिति सबैभन्दा बढी आवश्यक रहेका यी प्रदेशमा सरकार परिवर्तन र सत्ता समीकरणको खेलले जनताको वास्तविक समस्या ओझेलमा परेको उनको भनाइ थियो ।

उनले हुम्लामा सुत्केरी हुन नसकेर आमाले बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको, जुम्लाका बालबालिका हिउँदमा समेत एक जोर चप्पलको भरमा विद्यालय जानुपर्ने तथा कालिकोट र मुगुका गोदाममा चामल पुग्दा चाडपर्व नै सकिसक्ने अवस्था रहेको उल्लेख गरे ।उनले भने, ‘हुम्लामा सुत्केरी हुन नसकेर एउटी आमाले बाटोमै प्राण त्याग्छिन्, जुम्लाको बालक आज पनि हिउँदमा एक जोर चप्पलको भरमा विद्यालय जान्छ । कालिकोट र मुगुको गोदाममा चामल पुग्दा चाडपर्व सकिसकेको हुन्छ,’ । उनले भने, ‘तर कर्णालीको राजधानी वीरेन्द्रनगरमा भने अर्कै व्यथा चल्छ—विश्वासको मत, फ्लोर क्रस, सांसद किनबेचको आरोप, होटल–होटलमा सांसदको सुरक्षित बसाइँ । जनता चामल कुरेर बस्छन्, सांसदहरू समीकरण कुरेर बसिरहेका हुन्छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित