2026-10-19 03:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१०० दिनमा विदेशबाट युवा फर्काउने वाचा कहाँ गयो ? : भीष्मराज आङ्देम्बे

2026-08-12

काठमाडौँ | नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले चुनावअघि विदेशका गल्लीमा स्टिकर टाँसेर युवालाई स्वदेश फर्काउने योजना कहाँ गयो भन्दै प्रश्न उठाएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामनाको सन्दर्भ जोड्दै उनले चुनावताका रास्वपा सभापति रवि लामिछानेले गरेको वाचा स्मरण गराएका हुन् । उनले २०८२ को भदौ तेस्रो साता गरेको जेनजी विद्रोहले रोजगारी, सुशासन, जवाफदेहिता र देश निर्माणको जनादेश मागेको र त्यसपछिको जनादेश र मतादेशको वर्तमान सरकारले प्रतिनिधित्व गर्दै आएको उल्लेख गरेका छन् ।

सरकारले १०० दिनमा नै स्टिकर टाँस्ने र विदेशिएका युवा फर्काउने घोषणा गरेको तर, एकजनालाई पनि फर्काउन नसकेको उनको भनाइ छ । “जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ? उनीहरूले चाहेको सुशासन कहाँ छ ? विदेशिन बाध्य युवालाई स्वदेश फर्काउने योजना कहाँ छ ?,” आङ्देम्बेले भने, “चुनावअघि अमेरिका, क्यानडा र युरोपका गल्लीगल्लीमा पुगेर सरकार बनेको १०० दिनमै स्टिकर टाँस्ने र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने घोषणा सत्तारूढ दलकै नेतृत्वले गरेका थिए, जुन कुरा युवाजनले बिर्सिएका छैनन् । तर, सरकार गठन भएको साढे चार महिना बितिसक्दा पनि एकजना युवालाई स्वदेश फर्काउन नसक्नु गम्भीर प्रश्न हो ।”

सरकारको घोषणाले उत्साही युवाहरू फेरि विस्तारै निराशातिर फर्किएको महसुस हुन थालेको उनको भनाइ छ । त्यसका केही ज्वलन्त घटना देशमै स्वरोजगार भएका युवा उमेरका गणेश नेपालीदेखि विवेक मण्डलले गरेको आत्मदाह रहेको उनको ठहर छ । उनले युवालाई मतदान गर्ने जमात मात्रै नभई, राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्नेमा जोड दिए छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ