2026-10-19 03:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले ६० लाख दलितलाई झुक्याउँदै छ: पदमबहादुर परियार

2026-08-12

काठमाडौँ | राष्ट्रिय सभामा नेपाली कांग्रेसका मुख्य सचेतक पदमबहादुर परियारले वर्तमान सरकारले दलित समुदायका अधिकारका सवालमा ६० लाखभन्दा बढी दलितलाई झुक्याउने र ‘इमोसनल ब्ल्याकमेल’ गर्ने रणनीति लिएको आरोप लगाएका छन् ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै परियारले सरकारले दलित समुदायबाट मन्त्री बनाएर समावेशिताको प्रशंसा बटुले पनि दलित अधिकारसम्बन्धी कानुन निर्माणलाई भने उपेक्षा गरेको आरोप लगाए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अघि बढाउन प्रस्ताव गरेका सातवटा कानुनमध्ये दलित समुदायको अधिकारसम्बन्धी विधेयकलाई सबैभन्दा अन्तिम अर्थात् सातौँ प्राथमिकतामा राखिएको भन्दै उनले आपत्ति जनाए ।

‘दलित समुदायबाट मन्त्री बनाइयो र बादी समुदायका व्यक्तिलाई समेत सरकारमा सहभागी गराइयो । त्यसबेला हामीले यसको प्रशंसा गर्‍यौँ । तर दलित समुदायकै मन्त्री मन्त्रिपरिषद्मा हुँदाहुँदै पनि दलित अधिकारसम्बन्धी विधेयकलाई सबैभन्दा पछिल्लो प्राथमिकतामा राखिएको छ,’ परियारले भने ।

दलित अधिकारसम्बन्धी विधेयक यही गतिमा अघि बढे कानुन बन्न अझै दुई वर्ष लाग्न सक्ने उनको भनाइ छ । गत फागुन २१ गतेको राजनीतिक घटनाक्रम र त्यसपछिको निर्वाचनका क्रममा राजनीतिक दलहरूले दलित समुदायसँग क्षमायाचना गर्दै सुधारका प्रतिबद्धता जनाएको स्मरण गराउँदै परियारले सरकारमा पुगेपछि ती प्रतिबद्धता बिर्सिएको आरोप लगाए ।

उनका अनुसार सरकारले अहिलेसम्म संसद्बाट दलित समुदायसँग औपचारिक रूपमा क्षमायाचना गरेको छैन । त्यस्तै, दलित अधिकारसम्बन्धी ऐनलाई फास्ट ट्र्याकबाट अघि बढाउने तथा विशेष बजेट र सुधारका कार्यक्रम ल्याउनेतर्फ पनि सरकारले ध्यान नदिएको उनको गुनासो छ । ‘यो सरकार पनि देशका ६० लाखभन्दा बढी दलित समुदायलाई झुक्याउने र भावनात्मक रूपमा प्रयोग गर्ने बाटोमा अघि बढिरहेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ