2026-09-08 01:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनुषामा मिटरब्याजी पीडित महिलाद्वारा आत्मदाहको प्रयास

2026-08-12

काठमाडौँ | धनुषामा एक जना मटिरब्याजी पीडित महिलाले आत्मदाह गर्ने प्रयास गरेकी छन् । बुधबार जनकपुरधामस्थित जिल्ला अदालत अगाडि फूल कुमारी रजकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेकी छन् । उनले पेट्रोल छर्केको देखेर सुरक्षाकर्मीले रोकेका थिए । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ घर भएकी ५० वर्षीय फूलकुमारीले २०८१ सालमा आफ्नो ८ धुर जग्गा बन्धकी राखेर साहू गोपल साहसंग ६ लाख रुपैयाँ लिएको बताइएको छ ।

उनले लिएको रकम फिर्ता गरेर आफ्नो जग्गा फिर्ता माग्न जादाँ पटक पटक समय दिएर साहू गोपाल साहले फिर्ता नदिएको बताइएको छ । फूल कुमारीको सो जग्गा साहू गोपाल साहले बैंकमा राखेर ऋण निकालेको थाहा पाएपछि पीडित फूलकुमारीले उजुरी दिएकी थिइन । गत साउन २ गत्ते जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई पक्राउ गरिएको थियो । तीनै जनाविरुद्ध दर्जन बढी मिटरब्याज र ठगीको उजूरी परेको छ ।

उनीहरुबाट पीडित भएको भन्दै सयौं मिटरब्याज पीडितहरु सो दिनदेखि नै जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला अदालत धनुषा अगाडि धर्ना दिँदै आएका छन् । उनीहरुले पक्राउ परेका तीनै जना कुख्यात मिटरब्याजी रहेको आरोप लगाउँदै उच्च स्तरीय सीआईबीद्वारा अनुसन्धान गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित