2026-10-19 03:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामीले गलत भाष्यलाई कामबाट चिर्न सकेनौँ भने हेर्दाहेर्दै डिलमा जान्छ : रवि लामिछाने

2026-08-12

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको जगभन्दा संरचना ठूलो भएको स्वीकार गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टीको जग बलियो हुनुअघि नै जनअपेक्षाका कारण संरचना विशाल बनेको टिप्पणी गरेका हुन् ।

सभापति लामिछानेले युवाको चाहना र परिवर्तनको आवश्यकताका कारण जगले धान्नुभन्दा ठूलो आकारको पार्टी बनेको बताए। ‘जग बलियो नबनाइकन हामीले स्ट्रक्चर बलियो बनाएर हुँदैन । रास्वपाको बलियो स्ट्रक्चरभन्दा पहिले धेरै तल्लाको पार्टी बनेको हो, मैले आज यहाँ स्वीकार्नै पर्छ । परिवर्तन एकदमै जरुरी भएको थियो र विकल्पका रूपमा हामीलाई जनताले आशा र भरोसाका रूपमा हेरेका थिए । त्यसकारण हाम्रो जगले धान्नुभन्दा ठूलो आकारको पार्टी बन्यो कि भनेर म कहिलेकाहीँ सोच्न बाध्य हुन्छु,’ उनले भने ।

अब यसरी बनेको संरचनालाई सुरक्षित राख्न र बलियो बनाउन विभिन्न ठाउँबाट ‘टेको’ दिएर अड्याउने जिम्मेवारी आफूहरूको काँधमा आएको उनले बताए । लामिछानेले युवा नेतृत्वका लागि यो समय परीक्षाको घडी भएको उल्लेख गर्दै आफूहरू असफल भए भविष्यका युवाहरूलाई राजनीतिमा आउन कठिन हुने चेतावनी दिए । उनले यदि परिणाम दिन नसके समाजमा युवाहरू ‘आलाकाँचा र अनुभवहीन’ हुन्छन् भन्ने घातक भाष्य निर्माण हुने बताए । ‘यदि हामीले परिणाम दिन सकेनौँ भने समाजमा एउटा घातक भाष्य निर्माण गरिनेछ- युवाहरू आलाकाँचा हुन्छन्, अनुभवबिना राजनीति चल्दैन, उमेर नै चाहिन्छ,’ लामिछानेले थपे, ‘यो भाष्यले अर्को युगका युवाहरूलाई नेतृत्वमा आउन रोक्नेछ । त्यसैले हामीले इमानदार भएर कर्मबाटै युवाहरू सक्षम छन् भन्ने प्रमाणित गर्नुपर्नेछ ।’

उनले राजनीतिमा आएका परिवर्तनहरू स्थायी नहुने संकेत गर्दै गत वर्षको राजनीतिक समीकरण र अहिलेको अवस्थालाई तुलना गरे । ‘गत वर्षको भदौ २१, २२ गते त ठिकै थियो, सरकार दुई तिहाइ थियो । शक्तिशाली दुई पार्टी सरकारमा थिए, कसले छुन सक्थ्यो र ? २३ आइपुग्यो नि ओभरनाइट,’ उनले भने, ‘हामीले गलत भाष्यलाई कामबाट चिर्न सकेनौँ भने हेर्दाहेर्दै डिलमा जान्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ