2026-09-29 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामीले गलत भाष्यलाई कामबाट चिर्न सकेनौँ भने हेर्दाहेर्दै डिलमा जान्छ : रवि लामिछाने

2026-08-12

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको जगभन्दा संरचना ठूलो भएको स्वीकार गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टीको जग बलियो हुनुअघि नै जनअपेक्षाका कारण संरचना विशाल बनेको टिप्पणी गरेका हुन् ।

सभापति लामिछानेले युवाको चाहना र परिवर्तनको आवश्यकताका कारण जगले धान्नुभन्दा ठूलो आकारको पार्टी बनेको बताए। ‘जग बलियो नबनाइकन हामीले स्ट्रक्चर बलियो बनाएर हुँदैन । रास्वपाको बलियो स्ट्रक्चरभन्दा पहिले धेरै तल्लाको पार्टी बनेको हो, मैले आज यहाँ स्वीकार्नै पर्छ । परिवर्तन एकदमै जरुरी भएको थियो र विकल्पका रूपमा हामीलाई जनताले आशा र भरोसाका रूपमा हेरेका थिए । त्यसकारण हाम्रो जगले धान्नुभन्दा ठूलो आकारको पार्टी बन्यो कि भनेर म कहिलेकाहीँ सोच्न बाध्य हुन्छु,’ उनले भने ।

अब यसरी बनेको संरचनालाई सुरक्षित राख्न र बलियो बनाउन विभिन्न ठाउँबाट ‘टेको’ दिएर अड्याउने जिम्मेवारी आफूहरूको काँधमा आएको उनले बताए । लामिछानेले युवा नेतृत्वका लागि यो समय परीक्षाको घडी भएको उल्लेख गर्दै आफूहरू असफल भए भविष्यका युवाहरूलाई राजनीतिमा आउन कठिन हुने चेतावनी दिए । उनले यदि परिणाम दिन नसके समाजमा युवाहरू ‘आलाकाँचा र अनुभवहीन’ हुन्छन् भन्ने घातक भाष्य निर्माण हुने बताए । ‘यदि हामीले परिणाम दिन सकेनौँ भने समाजमा एउटा घातक भाष्य निर्माण गरिनेछ- युवाहरू आलाकाँचा हुन्छन्, अनुभवबिना राजनीति चल्दैन, उमेर नै चाहिन्छ,’ लामिछानेले थपे, ‘यो भाष्यले अर्को युगका युवाहरूलाई नेतृत्वमा आउन रोक्नेछ । त्यसैले हामीले इमानदार भएर कर्मबाटै युवाहरू सक्षम छन् भन्ने प्रमाणित गर्नुपर्नेछ ।’

उनले राजनीतिमा आएका परिवर्तनहरू स्थायी नहुने संकेत गर्दै गत वर्षको राजनीतिक समीकरण र अहिलेको अवस्थालाई तुलना गरे । ‘गत वर्षको भदौ २१, २२ गते त ठिकै थियो, सरकार दुई तिहाइ थियो । शक्तिशाली दुई पार्टी सरकारमा थिए, कसले छुन सक्थ्यो र ? २३ आइपुग्यो नि ओभरनाइट,’ उनले भने, ‘हामीले गलत भाष्यलाई कामबाट चिर्न सकेनौँ भने हेर्दाहेर्दै डिलमा जान्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै