2026-10-19 03:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक लेखा समिति ‘हुर्मत लिने थलो’ होइन : रामकुमारी झाँक्री

2026-08-13

काठमाडौँ | नेकपा एमालेकी नेतृ एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले संसदको सार्वजनिक लेखा समिति सरकारी निकाय तथा सार्वजनिक व्यक्तिको ‘हुर्मत लिने थलो’ नभएको बताएकी छन्। सार्वजनिक लेखा समितिको पछिल्लो बैठकमा भएको छलफलप्रति असन्तुष्टि जनाउँदै झाँक्रीले संविधान र विधिको मर्यादाभित्र रहेर काम गर्न सबै पक्षलाई आग्रह गरिन्।

‘संसदको सार्वजनिक लेखा समिति सरकारी निकाय र सार्वजनिक व्यक्तिको हुर्मत लिने थलो होइन। याद रहोस, संविधान र विधिको मर्यादामा हामी सबै बस्नुपर्छ,’ उनले भनिन्।

झाँक्रीले सामाजिक सञ्जालमार्फत सार्वजनिक लेखा समितिले आफूले सम्हाल्न नसक्ने र निष्कर्षमा पुर्‍याउन नसक्ने विषयमा केवल सार्वजनिक खपतका लागि हात हाल्न नहुने बताएकी हुन्। उनका अनुसार कुनै व्यक्ति वा संगठनको नेतृत्वमाथि ‘यति खायौ, उति खायौ’ जस्ता आरोपसहित आएका उजुरीलाई पर्याप्त आधार र तयारीबिना समितिको छलफलको एजेण्डा बनाउनु उचित हुँदैन।‘भ्रष्टाचारको अनुसन्धान गर्ने अर्कै संवैधानिक निकाय छ,’ झाँक्रीले भनेकी छन्, ‘खाएको हो–होइन भन्ने विषयमा तत्काल आन्तरिक लेखापरीक्षण हुन्छ। त्यसको काम महालेखा नियन्त्रकको कार्यालयले गर्छ। फाइनल अडिट गर्ने संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालय हो।’

महालेखा परीक्षकको प्रतिवेदन हेर्ने निकाय संसद भएको उल्लेख गर्दै उनले सार्वजनिक लेखा समिति संसदको सानो रूप भएकाले विषयलाई निर्धारित प्रक्रियामार्फत अघि बढाउनुपर्नेमा जोड दिएकी छन्। ‘प्रोसेसमा जाने कि यस्तै खपतका काम गर्ने?’ उनले प्रश्न गरेकी छन्। झाँक्रीले समितिमा हुने छलफलमा संसदीय आचारसंहिता, भाषा र मर्यादालाई समेत ख्याल गर्नुपर्ने बताएकी छन्। सार्वजनिक संस्था र व्यक्तिको अनावश्यक रूपमा हुर्मत लिन नहुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ