2026-09-08 01:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक लेखा समिति ‘हुर्मत लिने थलो’ होइन : रामकुमारी झाँक्री

2026-08-13

काठमाडौँ | नेकपा एमालेकी नेतृ एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले संसदको सार्वजनिक लेखा समिति सरकारी निकाय तथा सार्वजनिक व्यक्तिको ‘हुर्मत लिने थलो’ नभएको बताएकी छन्। सार्वजनिक लेखा समितिको पछिल्लो बैठकमा भएको छलफलप्रति असन्तुष्टि जनाउँदै झाँक्रीले संविधान र विधिको मर्यादाभित्र रहेर काम गर्न सबै पक्षलाई आग्रह गरिन्।

‘संसदको सार्वजनिक लेखा समिति सरकारी निकाय र सार्वजनिक व्यक्तिको हुर्मत लिने थलो होइन। याद रहोस, संविधान र विधिको मर्यादामा हामी सबै बस्नुपर्छ,’ उनले भनिन्।

झाँक्रीले सामाजिक सञ्जालमार्फत सार्वजनिक लेखा समितिले आफूले सम्हाल्न नसक्ने र निष्कर्षमा पुर्‍याउन नसक्ने विषयमा केवल सार्वजनिक खपतका लागि हात हाल्न नहुने बताएकी हुन्। उनका अनुसार कुनै व्यक्ति वा संगठनको नेतृत्वमाथि ‘यति खायौ, उति खायौ’ जस्ता आरोपसहित आएका उजुरीलाई पर्याप्त आधार र तयारीबिना समितिको छलफलको एजेण्डा बनाउनु उचित हुँदैन।‘भ्रष्टाचारको अनुसन्धान गर्ने अर्कै संवैधानिक निकाय छ,’ झाँक्रीले भनेकी छन्, ‘खाएको हो–होइन भन्ने विषयमा तत्काल आन्तरिक लेखापरीक्षण हुन्छ। त्यसको काम महालेखा नियन्त्रकको कार्यालयले गर्छ। फाइनल अडिट गर्ने संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालय हो।’

महालेखा परीक्षकको प्रतिवेदन हेर्ने निकाय संसद भएको उल्लेख गर्दै उनले सार्वजनिक लेखा समिति संसदको सानो रूप भएकाले विषयलाई निर्धारित प्रक्रियामार्फत अघि बढाउनुपर्नेमा जोड दिएकी छन्। ‘प्रोसेसमा जाने कि यस्तै खपतका काम गर्ने?’ उनले प्रश्न गरेकी छन्। झाँक्रीले समितिमा हुने छलफलमा संसदीय आचारसंहिता, भाषा र मर्यादालाई समेत ख्याल गर्नुपर्ने बताएकी छन्। सार्वजनिक संस्था र व्यक्तिको अनावश्यक रूपमा हुर्मत लिन नहुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित