2026-09-08 01:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरको बोडेस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा एक जना मृत फेला

2026-08-13

काठमाडौँ | भक्तपुरको बोडेस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा ५७ वर्षीय हिरालाल पासवान मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार पासवान आफू बस्दै आएको कोठामा मृत अवस्थामा भेटिएका हुन्।

उनी कोठाको फ्यानमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता डीएसपी दीपककुमार कार्कीले जानकारी दिए। पासवान यसअघि काठमाडौँको थापाथलीस्थित सुकुमवासी बस्तीमा बस्दै आएका थिए। उक्त बस्तीका टहरा भत्काइएपछि उनलाई भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा राखिएको थियो।

घटनापछि प्रहरीले घटनास्थलको मुचुल्का उठाउने काम अघि बढाएको छ। शव परीक्षणका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारणबारे भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित