2026-09-08 01:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनतालाई झुटो आश्वासन दिएर अहिले प्रश्न उठाउँदा हप्काउने काम भइरहेको छ : सांसद रेणु चन्द

2026-08-13

काठमाडौँ | राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले वर्तमान सरकारको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाएकी छन्। सरकार गठन भएको चार महिना बितिसक्दा पनि जनअपेक्षाअनुसार काम हुन नसकेको भन्दै उनले सरकारको आलोचना गरेकी हुन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद चन्दले सरकारले जनतालाई पूरा गर्न नसकिने आश्वासन दिएको आरोप लगाइन्। सांसद चन्दले स्वास्थ्य बीमाको पछिल्लो अवस्था र केदारनाथ पराजुली दम्पतीको आत्मदाहजस्ता गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गराइन्। उनले सरकारले आफ्नो असक्षमता लुकाउन विगतका सरकारहरूलाई दोष दिएर उम्किन नमिल्ने तर्क गरिन्। ‘नयाँ’ र ‘जान्ने’ भनिएका राजनीतिक शक्तिहरूतर्फ लक्षित गर्दै सांसद चन्दले भनिन्, ‘१०० दिनमा युवाहरूलाई स्वदेश फर्काउने र रोजगारी दिने भनिएको थियो, तर परिणाम शून्य छ। दरबार हत्याकाण्डदेखि निर्मला पन्त प्रकरणसम्मका मुद्दाहरू चुट्कीको भरमा समाधान गर्छौँ भन्नेहरूले अहिले के गरिरहेका छन्?’

सरकारले जनतालाई झूटो आश्वासन दिएको आरोप लगाउँदै उनले थपिन्, ‘जनतालाई झुटो आश्वासन दिएर अहिले प्रश्न उठाउँदा हप्काउने काम भइरहेको छ। तपाईंहरूको असक्षमताको भारी हामी बोक्दैनौँ।’ प्रक्रियागत र प्राविधिक बहानाबाजीबारे आपत्ति जनाउँदै उनले अगाडि भनिन्, ‘जान्नेलाई छान्ने नारा दिएर आएकाहरूले अहिले प्रविधिको ज्ञान र जादुमयी क्षमता भएको दाबी गर्ने तर काम गर्ने बेला सिक्दै छौँ भनेर उम्किन मिल्दैन। नयाँ हुनु तपाईंको तागत हो कि कमजोरी? नयाँ भएको नाममा सरकारलाई कहिलेसम्म विशेष छुट दिइरहने? हामी धेरै दिन यस्तो छुट दिन सक्दैनौँ।’

ग्यास जस्ता आधारभूत आवश्यकता पूर्ति गर्न नसकेको विषय उठाउँदै उनले थपेकी छन्, ‘ताजुक छ, अरे जनतालाई आधा सिलिण्डर ग्यास दिन नसक्नेले कुन नैतिकताले हामीसँग ३५ वर्षको हिसाब माग्छ, यही ताजुकको कुरा भइसकेको छ।’

ग्यास जस्ता आधारभूत आवश्यकता समेत सहज रूपमा उपलब्ध गराउन नसक्ने सरकारले नैतिकताको आधार गुमाउँदै गएको टिप्पणी उनले गरिन्। जनताका प्रश्नहरूबाट विचलित नहुन आग्रह गर्दै उनले सरकारलाई जिम्मेवार बन्न सचेत गराएकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित