2026-09-07 08:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजा ज्ञानेन्द्रले त केही गर्न सकेनन्, अरूले के गर्न सक्छन्? : शेरबहादुर देउवा

2026-08-13

काठमाडौँ | नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूसँग तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत नसकेको बताउँदै अन्य कसैले पनि केही गर्न नसक्ने दाबी गरेका छन्। विदेशबाट स्वदेश फर्किएलगत्तै बिहीवार कांग्रेसको संस्थापनइतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।

सम्बोधनका क्रममा देउवाले आफू र आफ्नी पत्नी डा. आरजु राणा देउवाविरुद्ध अन्तर्राष्ट्रियदेखि देशका विभिन्न निकायमा मुद्दा चलाएर फसाउने षड्यन्त्र भएको आरोप लगाए। अदालतले आफूहरूलाई पक्राउ नगर्न आदेश दिएको र सम्पत्ति शुद्धीकरण आयोगको छानबिनमा समेत केही नफेला परेको उल्लेख गर्दै उनले भने, ‘अदालतले शेरबहादुर र आरजुलाई नपक्रिनु भनेर आदेश दियो। तैपनि बदमासी गर्‍यो। सम्पत्ति शुद्धीकरण आयोग पहिलोपल्ट आयो, केही पनि छैन भन्यो, दोस्रोपल्ट आयो, केही छैन भन्यो।’

देशमा सचेत नागरिक र न्यायपालिका अझै पनि जीवित रहेको बताउँदै देउवाले अब सबै कुरा स्पष्ट पार्दै जाने चेतावनी दिए। ‘यो देशको जनता छ, यो देशको अदालत छ। सबले जानेको छ, बुझेको छ,’ देउवाले भने, ‘राजा ज्ञानेन्द्रले त मलाई केही गर्न सकेन भने अरूले यहाँ के गर्न सक्छन्?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित