2026-10-16 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजा ज्ञानेन्द्रले त केही गर्न सकेनन्, अरूले के गर्न सक्छन्? : शेरबहादुर देउवा

2026-08-13

काठमाडौँ | नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूसँग तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत नसकेको बताउँदै अन्य कसैले पनि केही गर्न नसक्ने दाबी गरेका छन्। विदेशबाट स्वदेश फर्किएलगत्तै बिहीवार कांग्रेसको संस्थापनइतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।

सम्बोधनका क्रममा देउवाले आफू र आफ्नी पत्नी डा. आरजु राणा देउवाविरुद्ध अन्तर्राष्ट्रियदेखि देशका विभिन्न निकायमा मुद्दा चलाएर फसाउने षड्यन्त्र भएको आरोप लगाए। अदालतले आफूहरूलाई पक्राउ नगर्न आदेश दिएको र सम्पत्ति शुद्धीकरण आयोगको छानबिनमा समेत केही नफेला परेको उल्लेख गर्दै उनले भने, ‘अदालतले शेरबहादुर र आरजुलाई नपक्रिनु भनेर आदेश दियो। तैपनि बदमासी गर्‍यो। सम्पत्ति शुद्धीकरण आयोग पहिलोपल्ट आयो, केही पनि छैन भन्यो, दोस्रोपल्ट आयो, केही छैन भन्यो।’

देशमा सचेत नागरिक र न्यायपालिका अझै पनि जीवित रहेको बताउँदै देउवाले अब सबै कुरा स्पष्ट पार्दै जाने चेतावनी दिए। ‘यो देशको जनता छ, यो देशको अदालत छ। सबले जानेको छ, बुझेको छ,’ देउवाले भने, ‘राजा ज्ञानेन्द्रले त मलाई केही गर्न सकेन भने अरूले यहाँ के गर्न सक्छन्?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु