2026-10-19 09:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पा पहिरोमा ७ जनाको निधनप्रति रास्वपाद्वारा दुःख व्यक्त

2026-08-13

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ–५, कोटलबारामा पहिरोमा परी सात जनाको मृत्यु तथा पाँच जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा बेपत्ताको खोजी तथा घाइतेको उपचार प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गरिएको छ । प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र निःशुल्क उपचारको व्यवस्था गर्न तथा जोखिमयुक्त बस्तीको पहिचान गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्नका लागि महामन्त्री आचार्यले विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उक्त विज्ञप्तिमार्फत विपद् जोखिम कम गर्न पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन र तीनै तहका सरकारबीच समन्वय गर्न आग्रह गर्दै वर्षाका कारण जोखिम बढेकाले नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन नागरिकलाई अपिल गरिएको छ । महामन्त्री आचार्यले पार्टी संयन्त्रलाई देशैभर विपद्पूर्वको तयारी र विपद् पछाडिको कार्यमा राज्यका संयन्त्रहरुलाई सघाउन तयार रहन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु