2026-09-29 03:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५औँ महाधिवेशन मंसिरअघि नै गर्नुछ: विश्वप्रकाश शर्मा

2026-08-14

काठमाडौँ | नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको मतभेद र असहमतिका बीच पनि कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने बताएका छन् । संस्थापनइतर समूहले शुक्रबार काठमाडौँमा राष्ट्रिय भेला गरिरहेका बेला शर्माले पार्टीको आन्तरिक सुदृढीकरण नै मुलुकको आवश्यकता भएको बताएका हुन् ।

शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै शर्माले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र मुलुकको समुन्नतिको यात्रालाई गति दिन कांग्रेसभित्र सुदृढ एकता आवश्यक रहेको बताए । पार्टीभित्र देखिएका प्रतिकूलता र फरक मतलाई व्यवस्थापन गर्दै कांग्रेसलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिँदै उनले विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढताकै जगमा पार्टी अझ बलियो भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।

उनको यस्तो धारणा संस्थापनइतर समूहले पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्था, नेतृत्व र संगठनात्मक विषयमा छलफल गर्न राष्ट्रिय भेला आयोजना गरिरहेका बेला आएको हो । भेलामा पार्टीको आन्तरिक अवस्था, नेतृत्वको कार्यशैली तथा आगामी राजनीतिक रणनीतिबारे छलफल भइरहेको छ । शर्माले व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्दै व्यक्तिभन्दा संस्था र सिद्धान्तप्रतिको निष्ठा माथि हुने बताए ।‘व्यक्ति र संस्थाप्रतिको निष्ठामध्ये चयन गर्नुपर्दा हामीले पार्टी र देशलाई नै प्राथमिकता दिनुपर्छ । व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर पार्टीको संस्थागत मर्यादा र सिद्धान्तलाई आत्मसात गर्न म सबै साथीहरूलाई आग्रह गर्दछु,’ उनले भने ।

पार्टीभित्रको विवाद समाधानका लागि आफूहरूले जेठ १६ गते नै सातबुँदे लिखित प्रस्ताव नेताहरूसमक्ष पठाएको पनि शर्माले बताए । आन्तरिक विषय भएकाले त्यसबेला संयम र परिपक्वता देखाउँदै प्रस्तावलाई गोप्य राखिएको र पछि जेठ ३१ गते सार्वजनिक गरिएको उनको भनाइ थियो । गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको अद्यावधिकलाई सदर गर्दै रिट खारेज गरेपछिको परिस्थितिलाई कसैको जित वा हारका रूपमा बुझ्न नहुने शर्माले बताए ।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू पूर्ण रूपमा दृढ रहेको पनि उनले बताए । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जुनसुकै प्रतिकूलताका बीच पनि मंसिरअघि नै १५औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् । उनले महाधिवेशनबाट गगन थापालाई ७१ प्रतिशत मतसहित सभापति बनाउने दाबीसमेत गरेका छन् । ‘१५औँ महाधिवेशन मंसिरअघि नै गर्नुछ । ५१ प्रतिशत होइन, अब ७१ प्रतिशत मत ल्याएर गगन थापालाई सभापति बनाउन प्रतिबद्ध छौँ,’ उनले भने ।

शर्माले पार्टीभित्र असन्तुष्ट समूहले आयोजना गरेको राष्ट्रिय भेलाप्रति पनि टिप्पणी गरे । उनले उक्त भेला बीपी स्मृति दिवसका बेला संस्थापन पक्षमाथि गरिएका टिप्पणीको निरन्तरताजस्तो देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै