2026-09-29 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल

2026-08-14

काठमाडौँ | नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं रोल्पाका प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ले बाढी–पहिरोबाट प्रभावित गृह जिल्लाका नागरिकलाई सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका नेपालीलाई अपिल गरेका छन् । शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेपछि सामाजिक सञ्जालमार्फत पुनले यस्तो अपिल गरेका हुन् ।

उनले तत्काल राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन प्रतिनिधिसभा सदस्यका रूपमा राज्यबाट प्राप्त हुने एक महिनाको तलब बाढी–पहिरोपीडितका लागि प्रदान गर्ने घोषणा गरेका छन्। विपद्पीडितको अन्य राहत व्यवस्थापनका लागि समेत आवश्यक पहल अघि बढाइसकेको भन्दै पुनले पीडित परिवारसम्म राहत यथाशीघ्र पुर्‍याउन सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्ने बताएका छन्।

‘तत्काल राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन प्रतिनिधिसभा सदस्यका रूपमा राज्यबाट प्राप्त हुने एक महिनाको तलब बाढी–पहिरोपीडितका लागि प्रदान गर्ने जानकारी गराउँदछु । साथै, विपद्पीडितहरूको अन्य राहत व्यवस्थापनका लागि समेत आवश्यक पहल अघि बढाइसकेको छु । पीडित परिवारसम्म राहत यथाशीघ्र पुर्‍याउन सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिनेछ,’ पुनले लेखेका छन्।

उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई विपद्मा परेका परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सक्दो सहयोग गर्न आग्रह गरेका छन् । लगातारका विपद्ले सिंगो रोल्पालाई गहिरो शोकमा डुबाएको भन्दै पुनले बाढी–पहिरोमा परी ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्। पहिरो तथा बाढीपीडितको तत्काल उद्धार, उचित राहत र सुरक्षित बसोबासको व्यवस्था गर्न उनले प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्। साथै, बाढी–पहिरोपीडितको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन्।

वर्षायाममा सम्भावित प्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सतर्कता अपनाउन, जनस्तरमा सचेतना फैलाउन तथा उद्धार र राहतको पूर्वतयारीलाई प्रभावकारी बनाउन पनि उनले आग्रह गरेका छन्। विपद्को कठिन घडीमा उद्धार, राहत तथा सहयोगमा जुटिरहेका स्थानीय सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि, स्वयंसेवक तथा स्थानीयवासीप्रति पुनले धन्यवाद व्यक्त गरेका छन्। पुनले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर पहिरो प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चारबुँदे मागसमेत पेस गरेका थिए।

रोल्पाको थवाङमा बुधबार राति पहिरोमा परी १० जनाको मृत्यु भएको थियो भने सुनछहरी गाउँपालिकामा बिहीबार राति पहिरोमा परी तीन जनाले ज्यान गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै