2026-09-29 01:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

2026-08-17

काठमाडौँ | पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने भएको छ। सोमबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ हुन लागेको हो। इजलासमा श्रेष्ठ पनि उपस्थित हुनेछन्।

साउन २९ गते न्यायाधीश ढकालको इजलासले पत्रकार श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो। जनआस्था साप्ताहिकको कार्यालय र श्रेष्ठको निवासबाट नियन्त्रणमा लिइएका ६ सिपियू, दुई वटा ल्यापटप पनि ल्याउन सर्वोच्चले आदेश गरेको हो।‘भदौ १ गतेका दिन इजलाससमक्ष देखाइ फिर्ता लैजाने गरी निज बन्दीका विरूद्ध पेस भएको जाहेरी दरखास्तसहितको अनुसन्धानको फाइल र निजको घर तथा कार्यालयबाट बरामद भएको सिपियू, ल्यापटप, आइप्याड र मोबाइलसमेत लिई उपस्थित हुनुहोला,’ आदेशमा भनिएको छ।

त्यस्तै विपक्षीहरूका नाममा कारण देखाउन आदेश समेत दिएको थियो। ‘यसमा के-कसो भएको हो? निवेदकको माग बोजिम आदेश किन जारी हुन नपर्ने हो? आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारणसहित भदौ १ गते १० बजेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत सशरीर बन्दीसहित लिखित जबाफ पेस गर्नू, ’आदेशमा भनिएको छ। श्रेष्ठको पक्षमा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई र रमेश बडालले बहस गरेका थिए। श्रेष्ठलाई गैरकानुनी थुनामा राखेको भन्दै उनकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उनको रिटमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्चमा उपस्थित गराउन आदेश भएको हो।

बिहीबार जिल्ला अदालत काठमाडौँले श्रेष्ठमाथि अनुसन्धान गर्न तीन दिन हिरासतमा राख्न म्याद दिएको छ। श्रेष्ठमाथि वैयक्तिक गोपनीयता सम्बन्धी कसुर गरेको आरोपमा एक महिलाले जाहेरी दिएपछि प्रहरीले गत बुधबार राति पक्राउ गरेको थियो। बुधबार राति नै प्रहरीले पत्रकार श्रेष्ठको घरमा खानतलासी गरेको थियो भने बिहीबार बिहान जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै