2026-09-08 12:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इतर समूहको राष्ट्रिय भेलाका निर्णयबारे कांग्रेस सभापति थापाले विशेष सम्बोधन गर्ने

2026-08-17

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा सोमबार विशेष सम्बोधन गर्ने भएका छन् । पार्टी मुख्यालय सानेपामा जारी बैठकको समापनका अवसरमा थापाले पछिल्लो समय पार्टीभित्र विकसित आन्तरिक समीकरण र इतर समूहको गतिविधिलाई लिएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् । विशेष गरी संस्थापनइतर समूहले काठमाडौँमा गरेको तीन दिने राष्ट्रिय भेलाको निर्णयका सम्बन्धमा थापाले विस्तृत जवाफ दिने तयारी गरेका कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

आइतबार काठमाडौँमा आयोजित धर्म गौतमद्वारा लिखित पुस्तक ‘बीपी र विद्रोहका ती दिन’ को विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले यसबारे जानकारी दिएका थिए । उनले सानेपामा पत्रकारहरूलाई समेत आमन्त्रण गर्दै सुकेधारा भेला र त्यसले उब्जाएका प्रश्नहरूबारे आफूले करिब एक घण्टा बोल्ने बताएका थिए ।

‘चुनदेवीमा सम्पर्क कार्यालय खोलेर संस्थापनइतर पक्षले सुकेधारामा गरेको तीन दिने भेलाबारे म सोमबार केन्द्रीय समिति बैठकमा जवाफ दिनेछु,’ थापाले भने, ‘पार्टी कार्यालय सानेपामा पत्रकार साथीहरूलाई पनि बोलाएर यसबारे एक घण्टा बोल्ने मेरो कार्यक्रम छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित