2026-10-19 06:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूमिहीनलाई अधिकार दिऔँ, निराशा होइन: राजीव खत्री

2026-08-17

काठमाडौँ | रास्वपाका सांसद राजीव खत्रीले सरकारले झापा, बर्दिया, चितवन र भक्तपुरमा दशकौँदेखि अल्झिएको भूमिहीनको समस्या समाधानतर्फ काम गरिरहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै आफ्नै उपस्थितिमा भक्तपुरमा ४२१ जनालाई जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण गरेको बताए।

उनले भने, ‘तर त्यही दिन नजिकैको बोडेस्थित सुकुम्वासी होल्डिङ सेन्टरमा एउटा अत्यन्त दुःखद समाचार आयो, ५७ वर्षीय हिरालाल पासवान मृत भेटिनुभयो। थापाथलीको सुकुम्वासी बस्ती भत्काएपछि उहाँ होल्डिङ सेन्टरमा बस्दै आउनुभएको रहेछ। एउटा हातमा लालपुर्जा थियो, अर्को हातमा नागरिकको मृत्युको खबर।’

उनले सरकार भूमिहीनका लागि काम गरिरहेको भएपनि ती कामको आशा प्रत्येक भूमिहीनसम्म किन पुग्न सकेन? भन्दै प्रश्न गरे। उनले भने, ‘३५ वर्षपछि सरकारले भनिरहेको छ भूमिहीन, तिमीहरू एक्लो छैनौ, हामी छौँ। भूमिमन्त्रीले आफ्नो कार्यकालमा सुकुम्वासी र सुकुम्वासी शब्दलाई शब्दकोशमा मात्र सीमित गर्ने सङ्कल्पका साथ काम गरिरहनुभएको छ। यसलाई राजनीतिक पूर्वाग्रहले ढाक्नु हुँदैन। आलोचना गरौँ, कमजोरी देखाऔँ, सरकारलाई खबरदारी गरौँ तर केही पनि भएको छैन भन्ने झुट्टा भाष्य निर्माण गरेर निराशाको आगो नझोसौँ।’

उनले निराशाले राजनीति नभई कहिलेकाहीँ कसैको जीवनसँग खेलबाड गर्ने बताए। उनले थपे, ‘भइरहेका राम्रो कामको प्रचार गरौँ, आशा जगाऔँ, भूमिहीनलाई अधिकारको बाटो देखाऔँ। हामीलाई निराशा होइन, भरोसा चाहिएको छ। मर्न प्रेरित गर्ने भाष्य होइन, बाँच्न प्रेरित गर्ने राजनीति चाहिएको छ। हामी भूमिहीनलाई अधिकार दिऔँ, निराशा होइन। प्रश्न गरौँ, तर आशा पनि जगाऔँ। राजनीति गरौँ, तर कसैलाई मृत्यु रोज्ने अवस्थामा नपुर्‍याऔँ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ