2026-09-29 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूमिहीनलाई अधिकार दिऔँ, निराशा होइन: राजीव खत्री

2026-08-17

काठमाडौँ | रास्वपाका सांसद राजीव खत्रीले सरकारले झापा, बर्दिया, चितवन र भक्तपुरमा दशकौँदेखि अल्झिएको भूमिहीनको समस्या समाधानतर्फ काम गरिरहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै आफ्नै उपस्थितिमा भक्तपुरमा ४२१ जनालाई जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण गरेको बताए।

उनले भने, ‘तर त्यही दिन नजिकैको बोडेस्थित सुकुम्वासी होल्डिङ सेन्टरमा एउटा अत्यन्त दुःखद समाचार आयो, ५७ वर्षीय हिरालाल पासवान मृत भेटिनुभयो। थापाथलीको सुकुम्वासी बस्ती भत्काएपछि उहाँ होल्डिङ सेन्टरमा बस्दै आउनुभएको रहेछ। एउटा हातमा लालपुर्जा थियो, अर्को हातमा नागरिकको मृत्युको खबर।’

उनले सरकार भूमिहीनका लागि काम गरिरहेको भएपनि ती कामको आशा प्रत्येक भूमिहीनसम्म किन पुग्न सकेन? भन्दै प्रश्न गरे। उनले भने, ‘३५ वर्षपछि सरकारले भनिरहेको छ भूमिहीन, तिमीहरू एक्लो छैनौ, हामी छौँ। भूमिमन्त्रीले आफ्नो कार्यकालमा सुकुम्वासी र सुकुम्वासी शब्दलाई शब्दकोशमा मात्र सीमित गर्ने सङ्कल्पका साथ काम गरिरहनुभएको छ। यसलाई राजनीतिक पूर्वाग्रहले ढाक्नु हुँदैन। आलोचना गरौँ, कमजोरी देखाऔँ, सरकारलाई खबरदारी गरौँ तर केही पनि भएको छैन भन्ने झुट्टा भाष्य निर्माण गरेर निराशाको आगो नझोसौँ।’

उनले निराशाले राजनीति नभई कहिलेकाहीँ कसैको जीवनसँग खेलबाड गर्ने बताए। उनले थपे, ‘भइरहेका राम्रो कामको प्रचार गरौँ, आशा जगाऔँ, भूमिहीनलाई अधिकारको बाटो देखाऔँ। हामीलाई निराशा होइन, भरोसा चाहिएको छ। मर्न प्रेरित गर्ने भाष्य होइन, बाँच्न प्रेरित गर्ने राजनीति चाहिएको छ। हामी भूमिहीनलाई अधिकार दिऔँ, निराशा होइन। प्रश्न गरौँ, तर आशा पनि जगाऔँ। राजनीति गरौँ, तर कसैलाई मृत्यु रोज्ने अवस्थामा नपुर्‍याऔँ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै