2026-09-29 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने? : आशिका तामाङ

2026-08-17

काठमाडौँ | सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले कम्बोडियामा मृत्यु भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले ढिलाइ गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तामाङले अर्थ मन्त्रालयले विदेशमा मृत्यु भएका नेपालीको शव व्यवस्थापनका लागि बजेट छुट्याइसके पनि परराष्ट्र मन्त्रालयले आवश्यक कार्यविधि नबनाउँदा राईको शव नेपाल ल्याउन नसकिएको बताउनुभयो ।

उहाँले एउटै विषय लिएर मन्त्रीदेखि सचिवसम्मका ढोका चहार्नुपर्ने अवस्था आएको भन्दै प्रश्न गर्नुभयो, “एउटा सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोकामा चहारेर कहिलेसम्म हिँड्ने सभामुख महोदय ?” सांसद तामाङका अनुसार सन्तोष राईको शव कम्बोडियाबाट नेपाल ल्याउन माग गर्दै आफूले ३७ दिनअघि प्रतिनिधि सभाको शून्य समयमा कुरा उठाउनुभएको थियो । तर, सदनमा विषय उठाए पनि त्यसको कार्यान्वयन हुन नसकेको उहाँको गुनासो छ ।

“अर्थ मन्त्रालयले विदेशमा लासको व्यवस्थापन गर्न बजेट छुट्याएको आज दुई हप्ताभन्दा बढी भयो । तर बजेट कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले एउटा सामान्य कार्यविधि नबनाइदिँदा आज आफ्नाले लासको आश गर्नसमेत छोडिसकेका छन्,” उहाँले भन्नुभयो ।

उहाँले बजेट विनियोजन भइसकेपछि पनि कार्यविधिको अभावमा नागरिकको शव ल्याउन नसक्नु विधिको शासनमाथि नै प्रश्न भएको बताउनुभयो । “बजेट छ तर कार्यविधि छैन, यो कस्तो विधिको शासन हो सभामुख महोदय ?” उहाँले प्रश्न गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै