2026-09-29 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रमाणबिना महिलामाथि आरोप लगाउन पाइँदैन : सांसद इन्दिरा राना

2026-08-17

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि सामाजिक सञ्जालमार्फत हुने आरोप र चरित्रहत्या रोक्न माग गरेकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद राना मगरले विधेयकमा ‘वेश्यावृत्ति’, ‘वेश्यागमन’ लगायतका शब्द प्रयोग गरिएको भन्दै त्यसलाई पुनरावलोकन गर्न आग्रह गरिन् । उनले भनिन्, ‘मैले यो विधेयक अलिअलि पढेँ तर यहाँ धेरै शब्द वेश्यावृत्ति, वेश्यागमन भनेको छ । अहिले यो अवस्थामा आएर पनि हाम्रो संविधानमा पनि त्यो अलाउ छैन । हामीले यो शब्द लोकसेवामा प्रयोग गर्दा पूरै विरोध गरेका थियौँ । हामी महिला सांसदहरुले पूरै विरोध गरेका थियौँ । यो लेख्ने पनि पुरुष नै हो कि जस्तो लाग्यो । हरेक ठाउँमा वेश्यावृत्ति भन्ने शब्द आइरहेको छ । यसलाई हटाउन म अनुरोध गर्न चाहन्छु।’

मानव बेचबिखन तथा ओसारपसारको स्वरूप पछिल्लो समय परिवर्तन हुँदै गएको भन्दै उनले राज्यले यस विषयमा गम्भीर ध्यान दिनुपर्ने बताइन्। उनले महिलामात्र नभई पुरुष, युवा तथा बालबालिकालाई समेत संरक्षणको दायरामा समेट्नुपर्ने धारणा राखिन् । ‘अहिले यसको प्रकृति एकदमै नयाँ तरिकाले गएको छ । त्यसमा राज्यले पूरै ध्यान दिनुपर्छ । यहाँ महिलालाई मात्र हैन पुरुषलाई पनि प्रोटेक्सन गर्नुपर्छ । युवाहरु, बालकहरु सबैलाई समेट्नुपर्छ,’ उनले भनिन् ।

सांसद राना मगरले आफूविरुद्ध सामाजिक सञ्जालमा लगाइएका आरोपप्रति पनि आक्रोश व्यक्त गरिन् । आफूले गरेको एउटा नियमापत्तिको विषयलाई लिएर आफ्नै आदिवासी महिला तथा साथीहरूले समेत सामाजिक सञ्जालमा आफूलाई ‘वेश्य’ र ‘चाइल्ड ट्राफिकर’ जस्ता आरोप लगाएको भन्दै उनले दुःख व्यक्त गरिन् । उनले भनिन्, ‘आज मैले एउटा नियमापत्ति गर्दा पनि मलाई आफ्नै आदिवासी महिलाहरु, साथीहरु धेरैले वेश्य, चाइल्ड ट्राफिकर भनेर थुप्रै सामाजिक सञ्जालमा लेखेका छन् । मलाई दुःख लागेको छ।’

आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न चुनौती दिँदै उनले प्रमाणबिना कसैलाई पनि झुटा आरोप लगाउन नहुने बताइन् ।‘म च्यालेन्ज दिन्छु, म लाने हो भने हजारौँ जनालाई जेल लान सक्छु । तर म गर्दिनँ । म एक पैसा पनि सरकारको मेरो नाममा खर्च गर्न चाहन्नँ । प्रमाणित गर्नुस्, नभए यसरी मान्छेलाई झुटो आरोप लगाउन पाइँदैन,’ उनले भनिन्।

उनले सामाजिक सञ्जालमा नेपाली महिलामाथि विभिन्न प्रकारका आरोप लगाउने प्रवृत्ति बढेको भन्दै त्यसप्रति राज्य र संसद् गम्भीर हुनुपर्ने बताइन् । महिलामाथि हुने यस्ता आरोपले व्यक्तिगत रूपमा गहिरो पीडा दिने उनको भनाइ थियो । ‘नेपाली महिलाहरुमाथि यस्ता कुराहरु गरिरहेका छन् । तर यो सभा पनि निरीह देखिरहेको छ । मलाई कति पीडा भएको छ, मलाई मात्र थाहा छ । जसलाई पीडा हुन्छ, उसलाई मात्र थाहा हुन्छ,’ सांसद राना मगरले भावुक हुँदै भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै